Loading... आजः १६ असार २०८३, मंगलवार । Tuesday 30th June 2026
ताजा खबर
  

युवा संघ जाजरकोट संयोजक निलम्बित

जाजरकोट

एक दिवंगत नेताको दाहसंस्कारमा सहभागी हुन घाट पुगेका भेरी नगरपालिका, जाजरकोटका मेयर चन्द्रप्रकाश घर्तीमाथिकाे कुटपिटमा संलग्न भनिएका राष्ट्रिय युवासंघ, नेपालका जाजरकोट संयोजक दीपेन्द्र शाहीलाई युवासंघले निलम्बन गरेको छ ।

संघले एक विज्ञप्ति जारी गर्दै आफ्नो अन्तरिम विधानअनुसार शाहीलाई संगठनका सबै जिम्मेवारीबाट निलम्बन गरिएको जनाएको छ ।

घटनाबारे छानबिन गर्न संघले एक छानबिन समिति पनि गठन गरेको छ । संघका संयोजक रामप्रसाद सापकोटा (दीपशीखा) का अनुसार, १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी समिति गठन गरिएको हो । समितिमा संघका केन्द्रीय सदस्यहरू मनोज विक, विश्वविक्रम शाह, राजन थापा, भीम रोकाय र भीम जीसी सम्मिलित छन् ।

नेकपा कर्णाली प्रदेश कमिटीका सदस्यसमेत रहेका घर्तीमाथि नेकपा कर्णाली प्रदेश जेष्ठ कम्युनिस्ट मञ्चका सदस्य दिवंगत मधु चन्दको दाहसंस्कारमा सहभागी हुने क्रममा वैशाख १३ गते फेरा घाटमा आक्रमण भएको थियो । आक्रमण शाही नेतृत्वको समूहले गरेको आरोप लागिरहेका बेला संघले उनीमाथि निलम्बन गर्दै छानबिन थालेकाे हो ।