Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

विश्व रेडक्रस दिवस मे–८

राजु सिग्देल

आजभन्दा १६० वर्ष अगाडि अर्थात सन् १८५९ मा एकातिर फ्रान्स तथा इटली, अर्कोतिर अष्ट्रिया भई दुई पक्षका बीच उत्तरी इटलीको सल्फेरिनो भन्ने ठाउँमा भयंकर युद्ध चलिरहेको थियो । त्यसै बखत आफ्नो व्यक्तिगत कामको सिलसिलामा स्विजरल्यान्डको जेनेभामा सन् १८२८ मो मे ८ तारिखमा जन्म लिएका जाँ हेनरी ड्युना ले मानव चित्कारहरू एक्कासि उनको कानमा बज्रन पुग्यो आइया, आइयु उफ् पानी–पानीजस्ता कोलाहल शब्दहरूले उनको मानसपटलमा भुुँईचालो ल्याईदियो । युद्धमा भएका घाइते अशक्त, लंगडा लुला काना भई लडिरहेका घाइते सैनिकहरूको यस्तो करुणामय चित्कार सुनेर ड्युनाको मन प्रभावित भयो । त्यसै बखत उनले युवाहरू जुटाई घाइते योद्धाहरूलाई आवश्यक उपचार र घाइतेहरूको भलाइको लागि काम गर्ने निधो गरे ।

यसरी युद्ध समाप्ति पश्चात्पछि पनि ड्युनाको मन अशान्तिले छाइरह्यो र उनले आफ्ना सबै काम बिर्सिदिए र उनले यस दुःखद् दृश्यको यथार्थ वर्णन समेटेर सन् १९६२ मा “सल्फेरिनोको स्मृति” नामक पुस्तक प्रकाशित गरे । यस पुस्तकमा युद्धको वर्णनको अतिरिक्त युद्धको समयमा सेनाको चिकित्सा सेवा अपर्याप्त हुने भएकाले घाइतेहरूको उद्धारको लागि हरेक देशमा स्वयंसेवी उद्धार संस्था स्थापना हुनुपर्ने सुझाबका साथ यस पुस्तकका प्रतिलिपिहरू युरोपका विभिन्न राष्ट्रहरूमा पठाए । यस घटनाले विश्वमा हलचल मच्चायो । सबै देशले उनको यस कदमको स्वागत गरे ।

जाँ हेनरी ड्युनाको यस कार्यलाई सघाउन चार महत्वपुूर्ण व्यक्तिहरू अघि बढे १) गुस्ताफ मोेनियर २) जनरल ड्युफो ३) डा. लुुडे अम्पिया ४) डा. थियो डोरजस्ता आफ्ना विचारसँग मेल खाने सहयोगीहरूसँग मिलेर ड््युनाले सन् १८६३ मा “घाइतेहरूको सहयोगका लागि अन्र्तराष्ट्रिय समिति (International Committee For Relife. The Wounded नामक संस्था स्थापना गरे । सन् १८७५ देखि यस संस्थाको नाम रेडक्रसको अन्तर्राष्ट्रिय समिति (ICRC) राखियो ।

यस कदमको सबैतिर स्वागत गरियो, फलस्वरूप सन् १८६४ मा केही राष्ट्रका प्रतिनिधिहरूसमेत जम्मा भई स्वीट्जरल्याण्डको राजधानी जेनेभामा युद्धपीडितसम्बन्धी अन्तर्राष्ट्रिय जेनेभा लोक सम्पत्तिसमेत तर्जुमा गरियो । त्यसै अवसरमा सेतो पृष्ठभूमिमा रातो क्रस भएको रेडक्रस चिन्हको प्रयोग प्रारम्भ गरियो ।

मानव र समाज विकासको इतिहासको कालखण्डमा हरेक किसिमका सामाजिक प्रकार्य गरिरहेका छन्, तर पनि कति संस्था र व्यक्ति इतिहासको पानामा अमर रहे भने कति संस्था अस्तित्वकै सिलसिलामा नैै पलायन भएर गए । रेडक्रस यस्तो पवित्र सामाजिक तथा मानवीय संस्था हो जुन विश्वका १९७ वटा राष्ट्रमा फैलिएकोे अन्र्तराष्ट्रिय संजाल पनि हो । वि.सं. २०२० साल भाद्र १९ गते नेपाल रेडक्रस सोसाइटीको स्थापना भएपछि विभिन्न जिल्ला शाखा उपशाखा सामुदायिक विद्यालय स्तरमा रेडक्रसका बढीभन्दा बढी स्वयंसेवक उत्पादन गरी उनीहरूलाई सामाजिक तथा मानवीय व्यवहार परिवर्तनमा अगाडि सारी दायित्वबोध गराउँदै म सेवा गर्छुु भन्ने भावना जगाउनु नै हो ।

विद्यालय स्तरमा जुनियर रेडक्रस सर्कलको स्थापना भएपछि रेडक्रसको सात आधारभूत सिद्धान्त मानवता, निष्पक्षता, तटस्थता, स्वाधिनता, स्वेच्छिक सेवा, एकता र विश्व व्यापकतालाई आत्मसात् गराई स्वास्थ्य सरसफाई, खानेपानी वृक्षारोपण र संगठन विस्तार गर्दै बढीभन्दा बढी स्वयंसेवकहरूलाई रेडक्रसको अन्र्तराष्ट्रिय मानवीय कानुन शान्ति मित्रवत् साझेदारी र जीवनरक्षासम्बन्धी उल्लेखनीय कार्य गर्दै आएको छ । तसर्थ मानवताभन्दा माथि अरू कुनै अलङ्कार नै छैन । इतिहास मेटेर मेटिँदैन, सुर्यलाई हातले छेकेर छेकिँदैन भित्रको मानवतालाई शब्दरूपी सञ्जालमा परिभाषित गरेर रेडक्रसको मर्र्मलाई पूरै बुझ्न सकिँदैन तसर्थ रेडक्रसको अत्यावश्यकतालाई मर्म, धर्म र कर्मलाई बुझ्न निःस्वार्थमा रेडक्रसको स्वयंसेवक बनी उदाहरणीय स्वयं सामाजिक तथा मानवीय कार्य गर्नुपर्दछ ।

प्राप्तिपछिको समाजसेवाभन्दा त्याग र तपस्या भित्रको स्वंयसेवामा आत्मसम्मान र आत्मगौरव हुन्छ । रेडक्रस दुःखमा साथ दिने एउटा स्वंयसेवी संस्था हो । यसको आर्दश सिद्धान्त नै आफैँमा प्रंशसनीय रहेको छ । विश्वमा करोडौँ मानिसहरू रेडक्रस भित्रको मानवता र तटस्थताको आधारले गर्दा अझ बढी सशक्त र लगनशील भएर प्रस्तुत भएका छन् । रेडक्रसको जन्म युद्धको मैदानबाट भएको हुँदा यसको मुख्य मर्म भनेकै अभाव, तनाव र कठिनाईमा परेकाहरूको आत्मामा मलम लगाउनु हो । रेडक्रस यस्तो पवित्र संस्थामा काम गर्ने स्वंयसेवीहहरू पक्कै पनि रेडक्रसको मर्मअनुसार र समायानुकुल काम गर्ने र प्रकोप तथा संकटको वेलामा घाईते अशक्त र बिरामीहरूलाई प्राथमिकताका आधारमा सेवा प्रदान गर्नुपर्दछ भन्ने अभियान संस्थाको संस्थापकको हो ।

आज भन्दा १८९ वर्ष अगाडि सन् १८२८ मे महिनाको ८ तारिखका दिन स्वीजरल्यान्डको जेनेभामा एउटा बालकको जन्म भयो । जसको नाम हेनरी डुयुना रहेको थियो त्यही बालक पछि गएर सन् १८६३ अक्टोबर २६ मा विश्व रेडक्रस अभियानका संस्थापक हुन पुगे ।

सौर्य अनलाइन