Loading... आजः १८ असार २०८३, बिहीबार । Thursday 2nd July 2026
ताजा खबर
  

कविता – शरणार्थी

म सोध्न चाहन्छु
म बुझ्न चाहन्छु
म जान्न चाहन्छु
कमरेड मेरो पनि अधिकार छ, No photo description available.

उहिले हाम्रा पुर्खाहरू
त्यपछि हाम्रा बा हरू
भर्खरै जस्तो लाग्ने
हाम्रा संघर्षहरू,

पहिलो प्रजातन्त्रको गल्ती
पञ्चायतले नंसच्याउदाको परिणाम
बहुदलीय ब्यबस्था मा उजागर हुदासम्म
कु को आबिष्कार हुदैर्दा
कक्षा नौ मा पढ्दापढ्दै
सरकार बिरूद्ध लडेका घाउ
निको हुन नपाउदै
फेरि मेरो सरकारले
बेचि सकेछ
सुटुक्क कालापानी
ऊ लिम्पिया , म लिपु
आफ्नै देशमा सरणार्थी बनेकाछौ।