Loading... आजः ७ बैशाख २०८१, शुक्रबार । Friday 19th April 2024

दैलेखमा कोरोना परीक्षणका लागि पत्रकारको पनि स्वाव संकलन

कृष्णप्रसाद अधिकारी / दैलेख

दैलेख जिल्लामा कार्यरत पत्रकारहरुको नोजल (नाकबाट) स्वाव संकलन गरिएको छ । कोरोनाको यो माहामारीले विश्व नै आक्रान्त रहेको वेला दैलेखमा पनि यसको जोखिम बढ्दै जानु र पत्रकारहरुले रिपोटिङ गर्न जाँदा कोरोनको संक्रमण फैलिन सक्ने अवस्थालाई मध्यनगर गर्दै दैलेख जिल्लाका क्रियाशिल पत्रकारहरुको स्वाव संकलन गर्न लागिएको हो । आइतबार जिल्लामा भएका १७ जना क्रियाशिल पत्रकारहरुको स्वाव संकलन गरिएको हो ।


नेपाल पत्रकार महासंघ दैलेखको समन्वयमा दैलेखबाट समाचार संकलन गरिरहेका पत्रकार हरुको स्वाव संकलन गरिदिन स्वास्थ्य सेवा कार्यलयलाई अनुरोध गरेसंगै जिल्लाका पत्रकारहरुको कोरोना परिक्षणको लागि स्वाव संकलन गर्ने सुरु भएको छ ।

कोरोनाको महामारीको बेलामा पनि पत्रकारले समाचार संकलन गर्ने जानुर्पर्ने भएकोले उनिहरुमा पनि कोरोना सर्ने सक्ने सम्भावनालाई मध्यनजर गर्दे जिल्लाका पत्रकारहरुलाई कोरोना परिक्षणको लागि स्वाव संकल गरिएको स्वास्थ सेवा कार्यालय दैलेखका प्रमुख डा. निरन्जन पन्तले बताए । उनका अनुसार आइतबार संकलन गरिएको स्वाव पि.सि.आर परिक्षणको लागि सुर्खेत पठाइएको र थप पत्रकारहरुको स्वाव संकलन क्रमश गरिने छ ।

लकडाउनको समयमा समेत पत्रकारहरुले घरमा बस्न पाउँदैनन् । उनिहरु समाचार संकलन गर्ने पर्छ, समाचार संकलन गर्दा उनिहरुमा संक्रमण हुन सक्ने संभावनालाई मध्यनजर गर्दे कर्णाली सरकारले १० वटै जिल्लाका पत्रकार स्वाव संकलन गर्ने काम गरिरहेको छ । त्यसै अनुरुप दैलेखमा आइतबारबाट स्वाव संकलन सुरु गरिएको हो ।

कोरोना नियन्त्रण गर्नेको लागि स्वास्थ कर्मी, संचार कर्मी, सुरक्षा कर्मी लगाएतका कर्मीहरुको अहम भुमिका रहेकोले पत्रकारहरुको पहिले स्वाव संकलन गरिएको जन स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ ।