सभामुखज्यू मलाई स्वास्थ्य समस्याका कारण उभिएर बोल्न गाह्रो भयो ः प्रम ओली

 कुर्सीमा बसेर सम्बोधन गर्दै

सुर्खेत, जेठ ६ ।

प्रतिनिधि सभालाई सम्बोधन गदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाह्रो भएपछि कुर्सीमा बसेर सम्बोधन गर्ने व्यवस्था गरिएको छ ।
नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिदै गर्दा स्वास्थ्यमा समस्या देखिएकोले उनलाई कुर्सीमा बसेर सम्बोधन गर्ने व्यवस्था मिलाइएको हो ।

उभिएर बोल्न गाह्रो भएपछि प्रधानमन्त्री ओली भने, ‘सभामुखज्यू मलाई स्वास्थ्य समस्याका कारण उभिएर बोल्न गाह्रो भयो । अपरेसन गरेकाले समस्या भएको छ ।’

प्रधानमन्त्रीलाई गाह्रो भएपछि सभामुख अग्नि सापकोटाले संसद्का महासचिवलाई कुर्सीको व्यवस्था गरिदिन निर्देशन दिएका थिए ।
रोष्ट्रममा उभिएर बोलिरहेका प्रधानमन्त्रीले समस्या भएको जनाएपछि कुर्सीको व्यवस्था गरिएको हो । उनले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *