थप २७ जनामा काेभिड-१९ काे संक्रमण भए सँगै संक्रमितकाे संख्या ४०२ पुग्याे
सुर्खेत ।
आज नेपालमा थप २७ जनाका कोरोना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दएका छन् ।
मन्त्रालयका अनुसार संक्रमण ३६ जिल्लामा पुगेको छ ।
मोरङ र सुनसरीका एकएक जना, सर्लाहीका २ जना, मनवानपुर र रामेछाप, सिन्धुली र लमजुङका एकएक जना कपिलवुस्तका चार र नवलपरासीका एक जनामा संक्रमण पुष्टि भएको छ ।
थपिएका कोरोना संक्रमित १७ देखि ४२ वर्ष उमेरका छन् ।
यससँगै नेपालमा कोभिड–१९ को कुल संक्रमितको ४०२ पुगेको हो ।
मन्त्रालयका अनुसार संक्रमण ३६ जिल्लामा पुगेको छ ।
प्रदेशगत रुपमा सबैभन्दा धेरै संक्रमित प्रदेश ५ मा छन् ।
प्रदेश १ मा ५४, २ मा १३६, बाग्मतीमा २७ र गण्डकी प्रदेशमा ४ जना छन् भने प्रदेश ५ मा १७६, कर्णालीमा १ र सुदूरपश्चिम प्रदेशमा ५ जना छन् ।







