Loading... आजः ११ आश्विन २०७७, आईतवार । Sunday 27th September 2020

अछामका १४ जनाकाे काेभिड-१९काे रिर्पोट नेगेटिभ

अछाम ।

अछामका १४ जनाको कोरोना भाईरस (कोभिड–१९) को आशंका स्वाब परिक्षण गरिएकोमा सबैको रिर्पोट नेगेटिभ आएको छ । मंगलवार वयलपाटा अस्पतालबाट २ र तुर्माखाद गाउँपालिबाट १२ जनाको स्वाब संकलन गरीएको थियो ।

बान्नीगढी र गाउँपालिकामा तुर्माखाद गाउँपालिका वाड नं. १  एक/एक जनामा आरडिटी परिक्षण गर्दा पोजेटिभ देखिएको थियो । भने साँफेबगर नगरपालिका एक जना र तुर्माखाद गाउँपालिका गरि १२ जनाको कोरोनाको आशंकामा परिक्षणका लागि स्वाब संकलन गरी सुर्खेत पठाईएको थियो ।

सबैको रिर्पोट नेगेटिभ आएको स्वास्थ कार्यालय अछामका प्रमुख झनक ढुगानाले जानकाी दिए । कोरोना भाईरसका कारण नेपालगञ्जमा युवकको मृत्यु भएपछि रहफका १२ जना नागरिक समेत संगै थिए भने अपुष्ट खबर आएपछि परिक्षण गरिएको तुर्माखाँद गाउपालिकाका अध्यक्ष पुष्पराज शर्माले बताए ।