Loading... आजः २४ बैशाख २०८३, बिहीबार । Thursday 7th May 2026
ताजा खबर
  

कलाकार तथा युवा समाजसेवी विष्ट सम्मानित

सुर्खेत

अमेरिका स्थित Hami Nepali Global द्वारा बिश्व महामारी कोरोना (कोभिड १९) को समयमा समस्यामा परेका नागरिकहरुको सहयोगमा खटेर सामाजिक क्षेत्रमा योगदान पुर्‍याए वापत कलाकार तथा युवा समाजसेवी हरि विष्ट COVID19 HERO award द्वारा सम्मानित हुनुभएको छ ।

कलाकार तथा युवा समाजसेवी विष्ट सम्मानित

लकडाउनका कारण अति बिपन्न नागरिक, अपाङ्गता भएका व्यक्ति र बाहिरी जिल्लाबाट अध्ययनका लागि आएका विद्यार्थीहरु विष्टले सम्वन्धित घरमा गएर खाद्यन्न सहयोग गर्नुभएको थियो ।

 

समस्यामा परेका व्यत्तिले फोन मार्फत सहयोगको लागी अनुरोध Award hari bistaगर्ने गरेको विष्टले बताउनु भयो । बिष्टले पछिल्लो दुई महिनाको अवधिमा एक सय ५० बढी परिवारलाई व्यक्तिगत रुपमा खाद्यान्न सहयोग गरेको र २१ परिवारलाई ग्यास (सिलिण्डर) समेत प्रदान गरिएको बताउनु भयो ।

“दिनरात नभनी जनताको सेवामा खटिरहेका सुरक्षाकर्मीहरुलाई पनि सहयोग गरेको छु ।,” समाजसेवी बिष्टले भन्नुभयो,” COVID19 HERO award द्वारा सम्मानित हुन पाउदा अझै उर्जा थपिएको छ। आगामी दिन म पनि सहयोगलाई निरन्तरता दिनेछु।”

 

भारत र नेपालका विभिन्न ठाउँबाट आएका नागरिकहरुलाई खाजा र नास्ताको व्यवस्थापन र ४०/५० जनाको भाडा ब्यब्स्थापन गरेको विष्टले बताउनु भयो । विष्ट कलाकार, खेलाडी तथा तरुणदल सुर्खेतका अध्यक्ष समेत हुनुहुन्छ ।

 

Hami Nepali Global ले प्रत्येक दुई बर्षमा अवार्ड को आयोजना गर्ने गर्दछ । बिश्वभर माहामारी चलिरहेको बेलामा समाजमा उल्लेखनीय काम गर्ने ब्यक्तीहरुलाई यो संस्थाले सम्मान गर्दै आएको छ ।