Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

सुनको मूल्य तोलाको ८७ हजार ४ सय पुग्यो

सुर्खेत |

लकडाउन जारी भएको धेरै पछि आइतबार सुनको मूल्य तोकिएको छ । चैत ११ पछि आइतबार सुनको मूल्य अहिले सम्मकै महंगो ८७ हजार ४ सय रुपैयाँ तोकिएको हो ।

आइतबार नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन चाँदीको मूल्य विवरण जारी गरेको हो  ।

१० चैतमा ७७ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । साढे दुई महिनामा १० हजार ४ सय रुपैयाँले सुनको मूल्य बढेको हो । यसअघि अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य बढिरहेको थियो । यसरी एक्कासी सुनको मूल्यमा बृद्धि भएपछि सर्वसाधारणलाइृ खासै फरक नपरेपनि ठूला व्यावसायी तथा सुन कारोवार गर्नेहरुका लागि भने फरक पर्ने देखिन्छ ।

चाँदीको मूल्य पनि प्रतितोला २०५ रुपैयाँले बढेको छ ।