टिप्पर दुर्घटना, चारकाे मृत्यु, ३६ बेपत्ता
कालिकोट । जिल्ला रास्कोट नगरपालिकाको टिप्पर लालीघाटमा दुर्घटना हुँदा ३६ जना कर्णाली नदिमा बेपत्ता भएका छन् । भारतबाट आएका रास्कोट नगरपालिकाका नागरिकलाई लालीघाटदेखि रास्कोटसम्म पुर्याउन टिप्परमा राखिएको स्थानिय एक युवाले बताए ।
युवाका अनुसार सवारी चालकलाई धम्काएर, ‘मलाई पनि गाडी चलाउन आउँछ, गाडी छिटो चला’, भन्दै धम्काएर टिप्पर चालकलाई कुटपिट गरेका थिए । स्थानिय वरीपरीका नागरिककाका अनुसार पनि गाडी चालक र क्वारेन्टाईनमा बस्नका लागि रास्कोटतर्फ जाने नागरिकहरुबीच झडप भएको थियो ।
विस्तृत विवरण आउन भने बाँकी रहेको छ । नेपाल आर्मी, जिल्ला प्रहरी कार्यालय कालिकोटको टोली घटनास्थल गएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । बेपत्ता मध्ये ४ जनाको शव स्थानियले सडक छेउमै ल्याइसकेका छन् । अन्य ३२ जना कर्णाली नदिमा बेपत्ता छन् ।







