Loading... आजः २५ बैशाख २०८३, शुक्रबार । Friday 8th May 2026
ताजा खबर
  

कर्णालीमा कोभिड–१९ बाट संक्रमितको संख्या ९ सयभन्दा माथि

सुर्खेत ।

कर्णाली प्रदेशमा कोभिड–१९ बाट संक्रमित हुेनको संख्या ९ सयभन्दा बढी पुगेको छ ।

प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा आज थप ७० जनामा संक्रमण पुष्टि भएसँगै कर्णालीमा संक्रमितको संख्या ९ सय १६ पुगेको हो ।

शनिबार संक्रमण पुष्टि भएकामध्ये सुर्खेतका ४० र दैलेखका ३० जना छन् ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ शाखा प्रमुख नवराज कँडेलका अनुसार नयाँ संक्रमण पुष्टि भएका सुर्खेतका ४० जनामध्ये गुर्भाकोटका १२ जना, भेरीगंगाका १० जना, बराहतालका ९ जना, चौकुनेका ८ जना र वीरेन्द्रनगरका १ जना छन् ।
त्यस्तै दैलेखका ३० जनामध्ये आठबीसका २० जना, नौमुलेका ९ जना र डुङ्गेश्वरका १ जना छन् ।

त्यस्तै आनै दैलेखबाट ९ जना व्यक्ति संक्रमण मुक्त भएका छन् । मन्त्रालयका अनुसार दैलेख अस्पतालमा ५ जना र दुल्लु अस्पतालमा ४ जना संक्रमण मुक्त भएका हुन् ।

प्रदेशमा हालसम्म ३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै कर्णालीमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९१ पुगेको छ ।