Loading... आजः २३ बैशाख २०८३, बुधबार । Wednesday 6th May 2026
ताजा खबर
  

राजसंस्थालाई धक्कु नलगाउन प्रचण्डलाई लिङ्गदेनको चुनौती

काठमाडौँ ।

राप्रपाका सांसद राजेन्द्र लिङ्गदेनले यो समयमा कसैलाई दोष लाउन नमिल्ने बताएका छन् ।

आज प्रतिनिधि सभामा बोल्दै उनले जुन संस्थाले एकीकृत नेपालको सिर्जना ग¥यो उही संस्थाले गुमाएको भूमि हामीले फिर्ता ल्यायौँ भनेर धक्कु लगाउन नमिल्ने बताएका छन् ।

नयाँ नक्सा अनुसार निशान छाप बनाउनका लागि संसदमा दर्ता भएको संविधान संशोधन विधेयकमाथि बोल्ने क्रममा उनले संविधान संशोधन विधेयकमा बिना कुनै शर्त समर्थन गर्ने दल राप्रपा रहेको बताए ।

उनले राष्ट्रियताको सवालमा कुनै ‘किन्तु–परन्तु’ आफ्नो पार्टीले नराखेको बताए ।

नयाँ नक्सा ल्याउने सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाली जनतालाई बधाइ भनेका उनले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने जवाफ दिए ।

प्रचण्डले संसदमा बोल्ने क्रममा राजतन्त्रले गुमाएको जमिन गणतन्त्रले फिर्ता ल्याउने अवसर पाएको बताएका थिए ।
त्यसको जवाफ दिँदै लिङ्गदेनले भने, ‘जुन संस्थाले एकीकृत नेपालको निर्माण ग¥यो त्यहि संस्थाले गुमाएको भूमि हामीले फिर्ता ल्यायौँ भन्नेर धक्कु लगाउनु पर्दैन ।’