Loading... आजः २४ बैशाख २०८३, बिहीबार । Thursday 7th May 2026
ताजा खबर
  

यूवाको समूहद्वारा सरसफाइ

सुर्खेत ।

सामाजिक सञ्जाल फेसबुकको चिर्चित समूह मोटे ग्याङ्ग नेपाल र तनाव छ जिन्दगीले सरसफाई गरेको छ ।

विश्वव्यापी तिब्रगतिको रफ्तारमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ को संक्रमणलाई रोकथाम र नियन्त्रण गर्न सरकारले देशलाई लकडाउन राखेको समयमा भारतबाट घर फर्किएका नागरिकहरुलाई कर्णाली प्रदेश सरकारले छिन्चुमा खाना खुवाउने व्यवस्था गरेको थियो ।

प्रदेश सरकारले नागरिकहरुलाई छिन्चुमा खाना प्याकिङ्ग गरेर दिने गरेको थियो । खानाको प्रयोगपछि निस्केका फोहोरहरुलाई विर्सजन गर्नकालागि स्थान बनाएपनि नागरिकहरुबाट वीरेन्द्रनगर(छिन्चु सडक खण्डमा यत्रतत्र फालिएका फोहोरहरुलाई यूवाहरुको समूहले विसर्जन गरेको छ ।

त्यस्तै यूवाहरुको समूहले भेरी पुल र वीरेन्द्रनगरको प्रवेशद्वार सुब्बाकुनामा दिप प्रज्वलन गरेको छ । कोभिड १९ को संक्रमणबाट ज्यान गुमाउनुभएकाहरुको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै दिप प्रज्वलन गरिएको समूहका सदस्य नरेश शर्माले बताउनुभयो ।

त्यस्तै सुर्खेत उद्योग बाणिज्य संघका कोषाध्यक्ष भद्र भण्डारीले यूवाहरुको प्रयासले हामी फोहोरहरुलाई विसर्जन गरेको बताउनुभयो । उहाँले भन्न्भयो “अझै धेरै गर्न बाँकी नै छ । यो कार्यमा सबैले साथदिन आग्रह गर्दछु ।

स्मरण रहोस मोटे ग्याङ्ग नेपाल र तनाव छ जिन्दगी समूहले विभिन्न संघसंस्थाको सहयोग तथा आफ्नै खर्चमा सुब्बाकुनामा घरजाने नागरिकहरुलाई विभिन्न सेवा गर्दै आइरहेको छ । साथै इन्टरनेट सेवा प्रदायक संस्था वर्डलिङ्क संग सहकार्य गर्दै सुब्बाकुना क्षेत्रमा फ्रि इन्टरनेटको व्यवस्था समेत गरिएको छ ।