देशभर ६२ सय ११ जनामा कोरोना संक्रमण
सुर्खेत ।
कर्णाली प्रदेशमा आज (सोमवार) थप १ सय १० जना गरेर एक हजार सात सय जनामा (कोभिड– १९) संक्रमण पुष्टि भएको छ ।
प्रदेश अस्पताल सुर्खेतको पशुपन्छी रोग अन्वेशषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा १ सय ७ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पिसियार परिक्षण बाट ३ जना गरी जम्मा संक्रमितहरुको संख्या १ सय १० जनमा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा दैलेख ९१ जना र सुर्खेतका १९ जना रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारी जानकारी दिए ।
सोमबार ४ सय ५१ जनामा जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ६२ सय ११ जनामा कोरोना संक्रमण भएको छ ।
कोरोना संक्रमण निको भएर हालसम्म १ हजार ४१ जना डिस्चार्ज भएका छन् । जसमा ९ सय ३७ पुरुष र १ सय ४ जना महिला रहेका छन् ।







