Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

प्रधानमन्त्रीलाई १२ बुँदे ध्यानआर्कषण पत्र

सुर्खेत ।

नेपाली कांग्रेसले सुर्खेतले कोरोना भाइरसको माहामारीमा सरकारले प्रभाकारी कदम चाल्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ।

कांग्रेसले आज जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलार्इ १२ बुँदे ध्यानआर्कषण पत्र बुझाएको हो।

कांग्रेसले कोरोना महामारीमा सरकार चुकेको भन्दै परीक्षणको दायार बढाउन, क्वारेन्टाइनको व्यवस्थापन गर्न माग गरेको छ।

जिल्ला सभापति कमलराज रेग्मीको नेतृत्वमा गएको टोलीले कर्णाली सरकारले कोरोना भार्इरस कोभिट १९ प्रकोप नियत्रन्णमा पुर्णरुपमा असफल भएको जनाएको छ।

कांग्रेसले कर्णाली सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि गरिएको खर्च पारदर्शी गरी प्रभावकारी कार्यान्वयन गर्न नसकेको जनार्इएको छ।

कांग्रेसले भारतबाट आउने नेपालीलाई उचित तरिकाले व्यवस्थापन गर्न मागगर्दै उनिहरुलार्इ पिसिआर चेक गरेरमात्र घर पठाउन आग्रह गरेको छ।

यस्तै कोरोना पोजेटिभ केसहरुलार्इ सिमटन फ्री भएको तिनदिन र १४ दिन आर्इसोलेसनपछि टेस्टनै नगरी डिस्चार्ज गर्नेकार्य अत्यन्तै गरै जिम्मेवार निर्णय भएको ठहर गरेको छ।

कोरोना कै कारण सानाठुला उद्योग व्यवसायी बन्द भएको र हजारौ नेपालीहरु रोजगारी गुमाएर स्वदेश फर्किएकाले उद्योग व्यवसाय तथा कृषि क्षेत्रलार्इ चलाएमान गर्न र आर्थिक संकटलार्इ कम गर्न गम्भिर नभएको कांग्रेसको भनार्इ छ।

यसैबीच सरकारले लकडाउनलार्इ ठिकढगंले उपयोग गर्न नसकेको, अस्पतालको क्षमता वृद्धिमा ध्यान नपुगेको, कोरोना बाहेक अन्य रोगका विरामीले उपचार नभएको जनाएको छ।

ज्ञापनपत्रमा कर्णालीमा संक्रमणको संख्या दिनप्रदिन बढ्दै जादाँ किट नहुन, कतिपय स्थानमा स्वाव परिक्षण वन्द हुन, परिक्षण रिपोट ढिला आउनु दुखद भएको जनाएको छ।

सभापती रेग्मीले सरकार कमीसनको खेलमा लागेकाले आवश्यक मात्रमा स्वास्थ्य साम्रगी आपुर्ति हुन नसकेको बताउनुभयो।

उहाँले कोरोना विरुद्धको लडार्इमा कांग्रेसले साथदिदा दिदै पनि सरकार राजनितिक आस्था र आग्रह अनुसार चलेको आरोप लगाउनुभयो।

कांग्रेसले आज सुर्खेत सहित देशभरबाट प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलार्इ  ज्ञापनपत्र बुझाएको हो।