Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

जुममै विश्वविद्यालयको वार्षिकोत्सव

सुर्खेत ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयले आफ्नो दशौं वार्षिकोत्सव जुममै मनाएको छ । विश्वमा महामारीको रुपमा रहेको कोरोनाका कारण विश्वविद्यालयले भर्चुअलमा वार्षिकोत्सव मनाएको हो । विश्वविद्यालयको वार्षिकोत्सवमा भर्चुअलमा बोल्दै विश्वविद्यालय उपकूलपति प्रा.डा. नन्दबहादुर सिंहले भ्रष्टाचार विरुद्धको आन्दोलनमा सहयोग गर्न सबैलाई अपिल गर्नुभएको छ ।


आफुले गर्ने निर्णय नलुक्ने र सु–शासनमा विशेष जोड रहेको बताउँदै विगतमा फर्निचर र ईलेक्ट्रोनिक सामान समेत घर लैजाने विषय दुर्भाग्यपूर्ण रहेकोले त्यस्ता कार्यको अन्त्य हुने उहाँको भनाई थियो । साथै उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले अव मध्यपश्चिमाञ्चल विश्वविद्यालयले नयाँ भिजन बाहिर ल्याउने बताउनु भयो ।

लकडाउन भित्रै विश्वविद्यालयको भिजन तयार भईसकेको र हिजोको भन्दा फरक तरिकाले अगाडि बढ्ने उद्देश्यका साथ चाँडै भौतिक हिसावले भिजन पेश गर्ने बताउँदै भौतिक संरचना, एकेडेमी एक्सलेन्सी, ईकोनोमिक योजना (सेल्फ रिलाईन्स) विश्वविद्यालयको कोर्ष स्टडी परिवर्तन, कर्णाली मैत्री अभ्यास अनुसन्धान लगायतका विभिन्न कामहरु अगाडि बढाईने बताउनुभयो ।

यसका साथै विभाग अनुसारको नयाँ मोडालिटीको काम १, २, ३ र ४ अनुसार भिजन अगाडि बढाउँदै विश्वविद्यालयको विकासका लागि कर्णाली प्रदेश सरकारसँग पनि सहकार्य भएको जानकारी दिनुभयो । प्रदेश सरकारले कोरोना परीक्षण प्रयोगशालाका लागि रु १० करोड उपलब्ध गराएको र सो प्रयोगशाला कोरोना नियन्त्रण पछि अनुसन्धान प्रयोगशाला परिवर्तन गरिने योजना रहेको उहाँको भनाई थियो । यसैगरी ‘ज्ञान प्रदान, राष्ट्रिय र क्षेत्रीय समस्या सामाधान गर्ने अवको आवश्यकता हो’ उपकूलपतिको भनाई छ ।

अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान, र जनचाहाना पुरा गर्न आवश्यक रहेकाले त्यसको आधार अव बलियो बनाउन आवश्यक रहेको छ । ज्ञान , प्रोफेसनल ज्ञान, रिसर्चमा जोड दिन अव नितान्त आवश्यक रहेकोमा उहाँको जोड रहेको छ । अव विद्यार्थीको छात्रबृत्तिमा समेत विशेष जोड दिईनेछ । विदेशी विद्यार्थीलाई पनि छात्रबृत्ति उपलब्ध गराएर यहाँ अध्ययन गराउने लक्ष्य रहेको छ । यसका साथै तमाम अध्यनन अवसरका सम्भावना सृजना गरिनेछ । गरिव परिवारका वालवालिकाहरुका लागि उच्च शिक्षामा विशेष योजना छन् । त्यसको लागि छात्रबृत्ति तयार गरिनेछ ।

अव कोरोनाको औषधी पनि अनुसन्धान वैज्ञानिकहरुले गरिरहेको भन्दै हामीले पनि यस्ता अनुसन्धान गर्न आवश्यक रहेको छ । अव कम्ब्याड कोभिड समितिको अनुसन्धान भईरहेको जानकारी दिनुभयो । यसैगरी कार्यक्रममा विभिन्न व्यक्तिहरुले विश्वविद्यालयको सरोकारका बिषयहरुमा सूझाव दिएका थिए । यसैगरी विश्व विद्यालयका रजिष्ट्रार याम कार्की सहित पदाधिकारी र सरोकारवालाहरु र विद्यार्थीहरुले समेत १० औ बार्षिकत्सोवको शुभकामना दिएका थिए ।