Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

सुर्खेत ।

कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना पुष्टि भएको छ । भारतबाट दिनप्रतिदिन कर्णालीमा आउने नागरिकको संख्या बढेसंगै संक्रमितको संख्या निरन्तर बढ्दै गएको छ ।

शुक्रबार सुर्खेतका ६ जना, दैलेखका २ जना र जाजरकोटका १ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सेवा महाशाखाका प्रमुख डाक्टर लक्ष्मी नारायण तिवारीले बताए ।

हालसम्म जम्मा पुष्टि भएको संख्या एक हजार दुई सय ३३ पुगेको छ । नेपालभरमै शुक्रबार थप ४२६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको छ ।

शुक्रबार २ सय १६ जना डिस्चार्ज भएका छन् । हालसम्म १४ सय २ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् ।

शुक्रबार गुल्मीमा ९४ जना, बैतडीमा ६८ जना, कैलालीमा ४९ जना, बागलुङमा ३२ जना, सिन्धुपाल्चोकमा २१ जना, कञ्चनपुरमा २० जना, तनहुँमा १९ जना, डोटीमा १५ जना, गोरखा र सर्लाहीमा ११÷११ जना कोरोना संक्रमित भेटिएका छन् ।

त्यस्तै डडेल्धुरामा ९ जना, अछाम, कास्की, मकवानपुर र बाजुरा ८ र ८ जना, अर्घाखाँचीमा ६ जना, पर्वतमा ५ जना, नवलपरासी पूर्व कपिलवस्तु र सर्लाहीमा ४र४ जना, मोरङ, काठमाडौं, स्याङ्जा र बझाङमा ३र३ जना, उदयपुर र रुपन्देहीमा २र२ जना, झापा, सिन्धुली, चितवन, धादिङ र नवलपरासी पश्चिममा १र१ जना संक्रमित भेटिएका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।