Loading... आजः २७ बैशाख २०८३, आईतवार । Sunday 10th May 2026
ताजा खबर
  

कर्णालीमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि

सुर्खेत ।

कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप ४६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अनवेषण केन्द्र र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको प्रयोगशालमा भएको परीक्षणबाट शनिवार ४६ जनामा कोरोना पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये दैलेखका १९, सल्यानका २६ जना र जाजरकोटका १ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले पुष्टि गरे ।

यससँगै कर्णालीमा संक्रमितको संख्या १२४५ पुगेको छ ।

पछिल्लो समयमा तिब्र गतिमा फैलिएको कोरोनाको पिसिआर परीक्षणका लागि दैलेखमा समेत पिसिआर मेसिन आइुसकेको छ । हिजो मात्र आइपुगेको पिसिआर मेसिनबाट छिटै परीक्षण सुरु हुने बताइएको छ ।