Loading... आजः २० आश्विन २०८३, मंगलवार । Tuesday 6th October 2026

प्रदेश अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सुर्खेत ।

प्रदेश अस्पताल सुर्खेतमा बिहिबारदेखि  आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ ।

यस अस्पतालका ९ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काद्वारा हस्ताक्षेरित विज्ञप्तीमा जनाइएको छ ।

पछिल्लो समय कोरोना भाइरस समुदाय स्तरमै फैलिएकोले अस्पतालका सेवा पनि बन्द गरिएको हाे ।

स्वास्थ्यकर्मीमा नै संक्रमण देखिएको र अस्पतालमा सेवा लिन आउने सेवाग्रहीलाई कोरोना संक्रमण हुन नदिनका लागि उच्च सर्तकता अपनाउन पर्ने भएकाले आकस्मिक बाहेकका सबै सेवा केही दिनकालागि बन्द गरिएको अस्पतालका निर्देशक डम्बर खड्काद्वारा हस्ताक्षेरित विज्ञप्तीमा उल्लेख गरिएको छ । साथै निर्देशक खड्काद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘सेवाग्राहीमा पर्न गएको असुविधा प्रति अस्पताल क्षमा चाहन्छ ।’