कर्णालीका तेक्वान्दो खेलाडीहरुलाई राहत वितरण
- 1.9Kshares
- Viber
- Facebook Messenger
सुर्खेत |
कर्णाली प्रदेश तेक्वान्दो संघले प्रदेशका विभिन्न जिल्लामा रहेका खेलाडीहरुलाई राहत सामग्री वितरण गरेको छ । अमेरिकाको पोर्टल्याण्ड स्थित गैरनाफामुलक संस्था आई.ओ.एफ.आइ.सी ले नेपाल हेल्प डेस्क मार्पmत उपलव्ध आर्थिक सहयोगबाट प्रदेशभरका विपन्न तेक्वान्दो खेलाडीहरुलाई राहत वितरण गरिएको हो । कर्णाली प्रदेश तेक्वान्दो संघका अध्यक्ष लक्ष्मण कँडेलले सल्यान, रुकुम, दैलेख र सुर्खेतका खेलाडीहरुलाई राहत वितरण गरेको प्रशिक्षक भुवन थापाले बताए ।
उनका अनुसार कर्णालीका ५० जना तेक्वान्दो विधाका विपन्न खेलाडीहरुलाई एक एक बोरा चामल, दाल, तेल लगायतका खाद्य सामग्री वितरण गरिएको हो । कोरोना भाइरसको महामारीमा खेल क्षेत्र पनि प्रभावित भएको र त्यसबाट खेलाडीहरुलाई आर्थिक असर परेको भन्दै राहत वितरण गरिएको संघका अध्यक्ष कँडेलले जानकारी दिए । सल्यान जिल्ला तेक्वान्दो संघ मार्पmत सारदा तेक्वान्दो डोजाङ, दैलेख संघ मार्पmत नौमुले डोजाङ र सुर्खेत संघले पिपिरा, नेवारे, घुस्रा, मेहेलकुना र छिन्चु डोजाङका खेलाडीहरुलाई राहत वितरण गरेको थियो ।
- Total: 1.9K
- Viber
- Facebook Messenger