Loading... आजः ६ बैशाख २०८१, बिहीबार । Thursday 18th April 2024

राष्ट्रपतिद्धारा संघीय संसदको बजेट अधिवेशन अन्त्य

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन अन्त्य गरेकी छन् । उनले मन्त्रिपरिषद्को सिफारिस अनुसार बिहीबार अपराह्न ५ बजे बजेदेखि अधिवेशन अन्त्य गरेको सूचना संघीय संसदलाई जानकारी दिएकी हुन् । यसअघि बिहीबार नै बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो ।

वैशाख २६ गतेबाट शुरु भएको संसदको यो अधिवेशनले नागरिकता र निजामती सम्बन्धी विधेयकका साथै एमसीसी सम्झौताबारे समेत निर्णय गर्नुपर्ने थियो । कोरोना महामारीकै बीच सुरु भएको बजेट अधिवेशनले सरकारको नीति तथा कार्यक्रम, बजेट पारित गरेको छ ।

संसदका सबै अधिवेशनहरु मन्त्री परिषदले गरेको सिफारिसको आधारमा अधिवेशनको सुरु र अन्त्य राष्ट्र प्रमुखबाट गर्ने संवैधानिक व्यवस्था छ ।