कर्णालीमा नौजनामा कोरोना संक्रमण पुष्टि
सुर्खेत ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार दैलेख अस्पतालबाट शुक्रवार ९ जनामा कोरोना पुष्टि भएको छ । कोरोना संक्रमित हुनेहरु नारायण नगरपालिकाका ८ जना र डुंगेश्वर गाउँपालिका दैलेखका १ जना रहेका छन् ।
पछिल्लो समय निकै तिब्रगतिमा फैलिएको कोरोना कर्णालीमा विस्तारै कम हुँदै गएको छ भने कोरोना संक्रमितको संख्या पनि घट्न थालेको छ । कोरोना संक्रमितहरु डिस्चार्ज हुँदै घर जान थालेपछि कोरोना संक्रमितको संख्या घट्न थालेको हो ।
शुक्रवार दिउँसोसम्म १ हजार ४ सय ८३ जना संक्रमित भएकोमा २ सय ९९ जना मात्रै अहिले आइसोलेसनमा बसेर उपचार गराइरहेका प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ ।






