ओस्टेओेमाईटिस पीडित राजीलाई समाजसेवी मुकुन्दको सहयोग

सुर्खेत ।
पञ्चपुरी नगरपालिकाका १५ वर्षीय बालक चन्द्र राजी ओस्टेओेमाईटिस रोगले पीडित हुनुहुन्छ । आर्थिक अभावका कारण खुट्टाको उपचारमा समस्या भएको छ । पीडित राजीलाई समाजसेवी मुकुन्दश्याम गिरीले रु १० हजार सहयोग गर्नुभएको छ । वीरेन्द्रनगर नगरपालिकाका पूर्व मेयर समेत रहनुभएका गिरी सालिन र भद्र एवम् समाजसेवी व्यक्तित्वका रुपमा चिनिनु हुन्छ । उहाँले नगद सहयोग गर्दै राजीको सिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ ।
प्रदेश अस्पतालले सबै खर्च ब्यहोर्ने भएपनि बाहिरबाट किन्नु पर्ने औषधी तथा अन्य सामग्रीहरुका लागि २ लाख भन्दा बढी खर्च लाग्ने भएकाले उपचारमा समस्या भएको हो । चन्द्र राजी ओस्टेओेमाईटिस अर्थात हड्डी पाक्ने रोगसंग लडिरहनु भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा करिब २ हप्तादेखि दुबै खुट्टा पाकेको कारण उहाँको आइसीयुमा उपचार भैरहेको विरामीका दाइ पदम बहादुर राजीले बताउनु भयो ।
दुबै खुट्टा पुर्ण रुपले कुहिएकाले उपचारमा समेत धेरै आर्थिक रकम आवश्यक पर्ने अस्पतालले जनाएको छ । उहाँको उपचारमा डाक्टरहरु नियमित रुपमा लागिरहेको हाडजोर्नी विशेषज्ञ डाक्टर रुपक कंडेलले बताउनु भयो ।
डाक्टर कंडेलका अनुसार यो रोगको उपचार सम्भव भएको तर यदी हड्डीमा पिपनै जमेको छ वा हड्डी नै नष्ट भएको छ भने त्यसको बारेमा पोष्टम्याटम गरेर शल्याक्रिया गर्नुपर्ने हुन्छ । यसैगरी राजीको उपचारको लागि आइसोलेसन वार्ड तथा खानाको व्यवस्था अस्पताल आफैले गरेको अस्पताल निर्देशक डा डम्बर खड्काको भनाइ छ ।

राजी शाल्म समाज सुर्खेतका सचिव अशोक राजीले विरामीको उपचारको लागी आर्थिक सहयोगका लागि सबैसंग अपिल गर्नुभएको छ । सहयोगी मन व्यापारी, संघसस्था र विभिन्न निकायहरुले तथा व्यक्तीगत रुपमा सहयोग गर्न सकिने जनाएको छ । सहयोगका लागी सस्थाको राष्ट्रिय बाणिज्य बैक सुर्खेत को चल्ती खाता नम्बर ८४६६ रहेको राजी शाल्म समाज सुर्खेत शाखाले जनाएको छ ।






