कक्षा ११ को पनि बोर्ड परीक्षा नहुने
काठमाडौं ।
यस वर्ष कक्षा ११ को पनि बोर्ड परीक्षा नहुने भएको छ ।
यो परीक्षा वैशाख २१ गतेबाट गर्ने तय भएको थियो । तर कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण परीक्षा हुन सकेन । अब आन्तरिक मूल्यांकनबाट विद्यार्थीहरुलाई प्रमाणपत्र दिइनेछ ।

यसअघि कोरोना संक्रमणको जोखिमका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि नगर्ने निर्णय भएको थियो ।
कलेजहरु प्रदान गरेको अंक राष्ट्रिय परीक्षा बोर्डमा पढाउने र त्यसै अनुसार परीक्षा बोर्डले ग्रेडसिट तयार गर्ने योजना रहेको जनाइएको छ ।






