मास्क प्रयोग नगर्ने १०२ जना नियन्त्रणमा
काठमाडौँ |
बारा प्रहरीले मास्क प्रयोग नगर्ने १०२ जनालाई नियन्त्रणमा लिएर कारबाही गरेको छ । कोरोना भाइरसको महामारीको समयमा मास्क प्रयोग नगर्नेलाई नियन्त्रणमा लिएको बाराका डीएसपी गौतम मिश्रले जानकारी दिए ।
संक्रामक रोग ऐन २०२० अनुसार जिल्ला प्रशासन कार्यालय बारामार्फत प्रतिव्यक्ति एक सय जरिवानापश्चात उनीहरूलाई छाडिएको मिश्रले बताए ।
मास्क नलगाई व्यवसाय सञ्चालन गर्ने व्यापारी, सवारी चलाउने चालक, पैदल हिँडडुल गर्ने पैदल यात्रीहरूलाई केही दिनयता बारा प्रहरीले नियन्त्रणमा लिएर प्रशासनमार्फत जरिवाना तिराएर छोड्ने गरेको छ ।
सरकारले गत शुक्रबारदेखि अनिवार्य रुपमा मास्क लगाउनु पर्ने सूचना जारी गरेको छ । त्यसलाई अटेरी गरेमा कानून बमोजिम कारवाही गर्ने गृह मन्त्रालयले बताएको थियो । आफ्नै स्वास्थ्यको सुरक्षाको लागि मास्क लगाऔ. भन्दा पनि अटेरी गरे कानून बमोजिम कारवाी गर्नुको विकल्प नभएको प्रशासनले बताउँदै आएको छ ।






