Loading... आजः २३ बैशाख २०८३, बुधबार । Wednesday 6th May 2026
ताजा खबर
  

नयाँ आइजीपीमा शैलेश थापा क्षेत्री सिफारिस

काठमाडौं ।

गृह मन्त्रालयले नेपाल प्रहरीको नयाँ महानिरीक्षकमा एआईजी शैलेश थापा क्षेत्रीलाई सिफारिस गरेको छ ।

आज बसेको बैठकले नेपाल प्रहरीमा वरिष्ठतम एआइजी थापालाई आइजीपीका लागि सिफारिस गरेको हो । गृहमन्त्री निकट स्रोतका अनुसार, वरिष्ठताका आधारमा थापालाई आइजीपीका लागि सिफारिस गरिएको हो ।

आइजीपी नियुक्तिको निर्णय आज दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद बैठकले गर्ने बताइएको छ । संगठनको नीति निर्माण तहमा धेरै समय बसेर काम गरेका थापा शालिन व्यक्तित्वका रुपमा चिनिन्छन् । आइजीपीका अर्का प्रतिस्पर्धी एआइजी हरिबहादुर पाल पनि प्रधानमन्त्री ओली निकट मानिन्छन् । उनलाई आइजीपी बनाउनका लागि नेकपाका अर्का अध्यक्ष प्रचण्डले पनि सिफारिस गरेको बुझिएको छ ।

गृह मन्त्रालयले सिफारिस गरेपनि प्रधानमन्त्रीले नचाहेमा सिफारिस फेरिने गरेको विगत पनि छ ।

नागरिक खबर