मनकारीहरू राजीको उपचारमा सहयोग गर्दै
दिर्घराज छन्तेल मगर
२४, बुधबार ।
सुर्खेतको पन्चपुरी नगरपालिका वडा नं १० चाम्रिका १५ बर्षिय चन्द्र राजी ओष्टेओमाईटिस (हड्डी पाक्ने) रोगबाट ग्रसित भइ जीवन मरणको दोसाँधमा पुगेका राजीको उपचारमा सहयोग जुट्न थालेको छ ।
केहि दिनदेखि निरन्तर विभिन्न सञ्चार माध्यममा १५ बर्षिय राजीको आर्थिक अवस्था सारै कम्जोर भएका कारण कर्णाली प्रदेश अस्पतालमा हड्डी पाक्ने रोगका कारण आइसियुमा लडिरहेका छन्न भन्ने समाचार धैरै मात्रामा प्रकाशित भएका थिए ।
सहयागी हातहरु जुट्दै जादा अमेरिमा बस्दै आउनु भएका जयन्ती थापाले आर्थिक सहयोग गर्नुभएको छ ।
आर्थिक अभावका कारण खुट्टाको उपचारमा समस्या भएको जानकारी पाएपछि उहाँले नगद १० हजार सहयोग गर्नुभएको हो ।
दलित बालबालिका, दीनदुःखी, असहाय र विपत्तिमा परेकाहरुलाई सहयो गर्दै आउनु भएका मनकारी समाजसेवी जयन्ती थापाले विरामी राजीको सिध्र स्वास्थ्य लाभको कामना गर्दै सहयोग गर्नुभएको नेपाल पत्रकार महासघ सुर्खेतका उपाध्यक्ष माया थापाले बताउनुभयो ।
यस्तै सहयागी हातहरु जुट्दै जादा वीरेन्द्रनगर १ निवासी समाजसेवी तथा युवा व्यवसायी राधाकृष्ण टेडर्सका प्रोप्राइटर दिनेश खत्रीले नगद ५ हजार ५ सय ५५ रुपयाँ, त्रिपुरेश्वर मा.वि.का पुर्व प्रधानाध्यापक तथा हालका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष महेन्द्रप्रसाद शर्माले पनि नगद एक हजार पाँच रुपयाँ सहयोग गर्नुका साथै स्वास्थ लाभको कामना गरिएको युवा समाजसेवी खत्रीले बताउनुभयो ।
यसैगरि वीरेन्द्रनगर १३ निवासी प्रिया येर काग्रोका प्रोप्राइटर रामबहादुर थापाले पनि नगद ५ हजार आर्थिक सहयोग गर्दै बालक राजीको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
साथै प्रोप्राइटर थापाले सिघ्र स्वास्थ्य लाभको कामना गर्दै आगमी दिनहरुमा पनि थप सहयोग गर्न तयार रहेको र सवैलाइ सहयोग गर्न आग्रह गर्नुभयो ।
यसअघि समाजसेवी तथा वीरेन्द्रनगर नगरपालिकाका पुर्व मियर मुकुन्दश्याम गिरीले नगद रु १० हजार, वीरेन्द्रनगर ६ का युवा व्यवसायी पवन गिरीले नगद ५ हजार र बोहोरा फार्मेसी वीरेन्द्रनगर मार्फत हाम्रो अनलाइन टिभिका सञ्चालक प्रेमकुमार वि.सी.ले नगद ५ हजार प्रदान गर्नुभएको छ ।
करिब एक महिना अघिदेखि दुवै खुट्टाको हड्डी पाक्ने रोगबाट ग्रसित १५ बर्षिय राजी तिन हत्तादेखि कर्णाली प्रदेश अस्पतालको आइसियुमा भर्ना भएका छन ।
चन्द्र राजीको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा करिब २ हप्तादेखि दुबै खुट्टा पाकेको अवस्थतामा आइसीयुमा उपचार भैरहेको र अस्पतालले उपचारको लागि आइसोलेसन वार्ड, अप्रेशन, सामान्य औषधी, तथा खानाको व्यवस्था अस्पतालले आफैले गरेको अस्पताल निर्देशक डा डम्बर खड्काको जानकारी दिनुभयो ।
साना अप्रेसनहरु तिनवटा गरिसकेको र यसको औषधीहरु पनि महङ्गो पर्ने भएको अस्पतालले जनाएको छ ।
आर्थिक अवस्था ज्यादै दयनिय भएका राजीको उपचारमा प्रदेश अस्पतालले आइसियु खर्च, अप्रेशन खर्च, सामान्य केहि औषधी खर्च, खाना खर्च लगायतको व्यवस्थापन निशुल्क गरेता पनि अन्य औषधी खर्च, रगत व्यवस्थापन लगायत विभिन्न खर्च धान्नका लागि सहयोगको याचना गरिएको राजी शाल्म समाज सुर्खेतका सचिव अशोक राजीले बताउनुभयो ।
प्रदेश अस्पताललाइ धन्यवाद ज्ञापन गर्दै सचिव राजीले दिनदुखिहरुका लागि पनि सहयोगी मनहरुलाइ आभार प्रकट गर्नुभएको छ ।विभिन्न सञ्चारमाध्यमा हड्डी पाक्ने रोगबाट ग्रसित राजीको बारेमा समाचार प्रकाशित भएदेखि सहयोग रकम जुट्न शुरु भएको पनि राजी शाल्म समाजका सचिव राजीले जानकारी दिनुभयो ।सहयोगका क्रममा आज समाजसेवी मुकुन्द श्याम गिरीले १० हजार तथा यूवा व्यावसायी पवन गिरीले ५ हजार सहयोग गर्नुभएको सचिव राजीले बताउनुभयो । उहाँले भन्नुभयो । “अन्य दाताहरुले पनि सहयोग गर्ने बचन दिनुभएको छ । आशा छ चन्द्रको उपचारमा धेरै सहयोग हुनेछ ।”
चन्द्र राजीको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा करिब २ हप्तादेखि दुबै खुट्टा पाकेको अवस्थतामा आइसीयुमा उपचार भैरहेको र अस्पतालले उपचारको लागि आइसोलेसन वार्ड तथा खानाको व्यवस्था अस्पतालले आफैले गरेको अस्पताल निर्देशक डा डम्बर खड्काको जानकारी दिनुभयो । साना अप्रेसनहरु दुईवटा गरिसकेको र यसको औषधीहरु महङ्गो पर्ने र पुरै उपचार गर्न अस्पतालले धान्न नसक्ने भएकोले यदि चाडैँ आर्थिकको व्यवस्था भएमा आइसोलेसनमा राखेर उपचार गर्न दुई महिनाजति समय लाग्ने अस्पतालले जनाएको छ ।
चन्द्र राजीलाई सहयोगीमनहरुले राष्ट्रिय बाणिज्य बैक सुर्खेतको चल्ती खाता नम्बर ८४६६ सहयोग जम्मा गर्न सकिने पनि राजी शाल्म समाज सुर्खेतले आग्रह गरेको छ ।







