छोटो दूरीमा सार्वजनिक यातायात खोल्ने सरकारको निर्णय
काठमाडौं ।
सरकारले सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने भएको छ ।
बिहीबार प्रेस ब्रिफिङका क्रममा सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक यातायात सञ्चालकले सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्न सक्ने बताए ।
मन्त्री खतिवडाले ट्याक्सीहरु तत्कालै चल्न सक्ने भए पनि अन्य सार्वजनिक यातायातलाई तयारी गर्न समय लाग्न सक्ने बताए ।
देश बन्दाबन्दी भएका कारण लामो तथा छोटो दुरीका सार्वजनिक यातायात २०७६ चैत्र ११ गतेदेखि बन्द भएका थिए । छोटो दुरीमा भएपनि सार्वजनिक यातायात संचालन भएमा जनतालाई केही हदसम्भ भएपनि राहत हुनेछ ।






