Loading... आजः १६ बैशाख २०८३, बुधबार । Wednesday 29th April 2026
ताजा खबर
  

डोटीमा पहिरोले पुरियो जिप

डोटी |

डोटीको के.आई.सिं गाउँपालिका-५, बुहार गाउँ नजिक सडकमा आएको पहिरोले एउटा जिप च्यापिएको छ । बिहीबार राति गाउँपालिका केन्द्र वायलबाट दिपायल आउने क्रममा से१च २१२५ नं. को बोलेरो जिप पुरिएको हो ।

यात्रुहरु पुर्‍याएर फर्किने क्रममा सडकमा एउटा ढुङ्गा खसेको देखेपछि ढुङ्गा फाल्न चालक गाडीबाट झरेका थिए । त्यसैबेला माथिबाट खसेको पहिरोले जिप पुरिएको हो ।

घटनामा चालक योगेन्द्र साउँद घाइते भएका छन् । उनको डोटी राजपुरस्थित सु-जङ्ग अस्पतालमा उपचार भइरहेको गाडीधनी योगेन्द्र भण्डारीले जानकारी दिए । जीपमा चालक एक्लै थिए ।

वर्षात बढेसँगै विभिन्न स्थानमा पहिरो जाने तथा बाढिका कारण डुवान हुनेदेखि जन धनको क्षति भइरहेको छ । वर्षातको समयमा सचेत रहन मौसम विज्ञान विभाग विज्ञहरुले सुझाव दिइरहेका छन् ।