Loading... आजः ६ बैशाख २०८१, बिहीबार । Thursday 18th April 2024

मादलको हिरो ‘प्रेमदेव गिरी’

‘सरर मलेवा घुम्छ बादल मुनी मायालै’ कुनै समयको मात्र होइन अहिलेको पनि निक्कै चर्चित र लोकप्रिय गीत हो यो । यस्ता धेरै लोकप्रिय गीतका संकलन मात्र होइन वरिष्ठ बाद्यवादक अझ भन्ने हो भने मादलको हिरो, लोकप्रिय कलाकारको नाम हो ‘प्रेमदेव गिरी’ । झट्ट हेर्दा पातलो जिउडाल, सेताम्य भएर फूलेका दाह्री जुंगा, लामो कपाललाई आफ्नो सम्पत्ति सम्झने पाका संस्कृतिकर्मी हुनुहुन्छ, गिरी ।

प्रेमदेव गिरी

वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ का गिरीसँग अहिलेपनि ०३२ सालमा झलकमान गन्धर्वका बुवाले बनाएको सारंगी भित्तामा सुरक्षित छ । २०१० माघ १० गते जन्मिएका पे्रमदेव बाबुआमाका जेठा सन्तान हुन् । रंगमञ्चको नशाले १० कक्षासम्म अध्ययन गरेर पढाइ छाडेका उहाँ एकपछि अर्को सफलता प्राप्त गर्दै जानुभयो । उनको लगनशिलता, मिहेनत र सफलता हेर्नेहरु भन्छन् पढेर मात्र हुँदैन पर्न पनि जान्नुपर्छ ।

२०२९ सालको प्रजातन्त्र दिवसको अवसरमा सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरले आयोजना गरेको अञ्चलस्तरीय लोकनृत्य प्रतियोगितामा भेरी अञ्चलको नेतृत्व मात्र गरेनन आफ्नो टोलीलाई प्रथम स्थान दिलाउन समेत सफल हुनुभयो । सोही वर्ष रेडियो नेपालले देशव्यापी लोकगीत प्रतियोगिता आयोजना ग¥यो । यस प्रतियोगितामा पनि उहाँले भाग लिनुभयो ।

प्रेमदेवले सयौं लोकगीत संकलन गरेर रेकर्ड गर्नुभएको छ । ‘सरर्र मलेवा घुम्छ बादलमुनि मायालै, छ्याम्म छ्याम्म कट्टीका उकाला लाग्या परालका बिटा, सुर्खेतमै सालिना बुलबुले ताल, जाम माया बुलबुले जस्ता उहाँका गीतहरु चर्चित गीत छन् । ४० को दशकसम्म उहाँले संकलन गरेका चर्चित गीत हुन् यी । ताप्लेजुङकी कविता आले, भोजपुरका गणेश रसिक, हिरण्य भोजपुरे, काठमाडौंका कुमार बस्नेत, पोखराकी ज्ञानु राणा, लुम्बिनीका नारायण रायमाझी, दांगका खड्ग बुढा, चन्द्रकला शाहदेखि कञ्चनपुरका भुवन विरहीसम्मलाई आफूले संकलन गरेका गीतमा स्वराङ्कन् गराउनु भयो ।

रंगमञ्चमा लागेर सर्वस्व गुमाएको बताउनु हुने गिरी जीवनमा सबै चिज पाएको बताउनु हुन्छ । ‘गुमाउन पनि कुनै चीज बाँकी राखिएन र पाउन पनि । एउटा आमाले सन्तान जन्माउ“दा के पाउलिन् के गुमाउलिन् त्यस्तै हो ।’

गिरीको जीवनयात्रा निकै रमाइलो र कठिनताले भरिएको छ । प्रतियोगितामा भाग लिन त्यस बेलाको कठिन यात्रा पार गरेर काठमाडौं पुग्नुभएका उहाँसहित ३ जनाको राष्ट्रिय नाचघरमा करार सेवामा जागिर सुरुभयो । जतिबेला उहाँ १९ वर्षको हुनुहुन्थ्यो । वाद्यवादकका रुपमा उहाँ र नृत्यकारतर्फ सुर्खेतकै टेकराज भारती र गोपाल बस्नेतले जागिर पाए । उनीहरू त्यतै बसे । बा“की ३ जना फर्किए । प्रेमदेवले ०४१ सालसम्म राष्ट्रिय नाचघरमा जागिर गर्नुभएको बताउनुहुन्छ ।

मासिक २ सय रुपैयाबाट सुरु भएको उनको तलब बाहिरिदा साढे नौसयसम्म पुगेको थियो । भन्नुहुन्छ, ‘अस्थायी जागिर कुर्न मन लागेन । घर व्यवहार चलाउनुपर्ने बाध्यता आयो । अनि फकिए“ ।’ नाचघरमा छँदा दर्जनौं नाटक र गीतिनाटकमा वाद्यवादकका रुपमा काम गरे । त्यतिबेलै हो, श्यामदास वैष्णव, हरिप्रसाद रिमाल, प्रचण्ड मल्ल, जितेन्द्र महत अभिलाषी, गोविन्दप्रसाद तिमिल्सेना, गोपीकृष्ण अर्यालजस्ता अग्रज स्रष्टासंग उहाँको संगत भयो ।

उहाँहरुकै प्रत्यक्ष निर्देशनमा नाटक खेले । तीसदेखि चालिसको दशकसम्म सयौं रेडियो नाटकमा पनि खेलेको बताउनु हुने गिरी वाद्यवादक मात्र कहा“ थिए र ? उहाँ त लोकगीत संकलक, संगीतकार र अभिनेता पनि हो । ताप्लेजुङकी कविता आले, भोजपुरका गणेश रसिक, हिरण्य भोजपुरे, काठमाडौंका कुमार बस्नेत, पोखराकी ज्ञानु राणा, लुम्बिनीका नारायण रायमाझी, दांगका खड्ग बुढा, चन्द्रकला शाहदेखि कञ्चनपुरका भुवन विरहीसम्मलाई आफूले संकलन गरेका गीतमा स्वराङ्कन गराउनु भयो ।

पूर्वमेचीदेखि महाकालीसम्मका श्रष्टामार्फत् मध्यपश्चिमको लोकलय, लोकभाकालाई देशव्यापी बनाउनुमा गिरीको निकै ठूलो योगदान छ । स्वर्गीय लोकबहादुर क्षेत्री, प्रवीण गुरुंग, सुन्दर श्रेष्ठ, मधु क्षेत्री, नारायण रायमाझी, भुवन चन्द, साबित्री शाह, तारा थापा, सपना परियारका स्वरमा सुन्न सकिन्छ ।

उहाँले संकलन गरेका एक सय हाराहारीको संख्याका सबै गीत अहिले रेडियो नेपालको स्टुडियोमा सुरक्षित छन् । प्रेमदेव गिरि यस्ता कलाकार हुनुहुन्छ जसले देउडा, ख्याली, झयाउरे, सिंगारु, सोरठीजस्ता मध्यपश्चिमका लोकभाका देशव्यापी गराउनु भयो ।

राष्ट्रिय नाचघर छाडेपछि ०४३ देखि ०४५ सालसम्म उहाँले रेडियो नेपालमा बाद्यवादकका रुपमा काम गर्नुभयो । ०४२ सालमा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित अञ्चलस्तरीय प्रतियोगितामा भेरीको तर्फबाट लोकनृत्यमा प्रथम स्थान हासिल गर्ने गिरीसहित १२ जनाको समूह थियो । ०४३ मा पुनः काठमाडौं फर्केपछि रेडियो नेपालको लोकगीत शाखामा वाद्यवादकका रुपमा तीन वर्ष काम गरेको अनुभव पनि छ गिरीसँग ।

काठमाडौंबाट सुर्खेत फर्केपछिको उहाँको यात्रा शिक्षणतर्फ मोडियो । ०५९ देखि यता इन्टरनेशनल को—अपरेटिभ उच्च माविमा अतिरिक्त शिक्षकका रुपमा गीत, संगीत र वाद्यवादन सिकाइरहनु भएको छ उहाँले । आफ्नो सारा जीवन नाट्य संगीत क्षेत्रमा सर्मपण गरेका उहाँलाई आफ्नो विगतबारे पश्चाताप भने छैन । बस्, उहाँको चाहना भने मौलिक लोक संगीत अमर रहोस् र समाजमा शिष्टता र मर्यादा कायम भइरहोस् भन्ने छ । ‘उहा“ मादलवादक मात्रै होइन संस्कृतिकर्मी पनि हो ।’ प्रतिभाशाली कलाकार यसरी खुम्चिएर बस्नुपरेको छ । ‘न राज्यले उचित सम्मान दियो न त राम्रो कुनै काममा नै लगायो । पे्रमदेवको कलालाई राज्यले उपयोग गर्न नसकेकै हो । शिक्षाको कमीले उहा“को कलाकारितामा कुनै असर पारेन ।

अहिलेपनि १६ बर्षको जवानीमा बजाएको जस्तो मादल बजाउन सक्नुहुन्छ उहाँ । उहाँले थुप्रै गीतमा मादलबाट मात्र नभएर अभिनयबाट पनि आफुलाई चिनाउनु भएको छ । गिरी संकलन तथा बाद्यवादन मात्र होइन सानो तथा ठूलो पर्दाका चलचित्रहरुमा पनि जिवन्त अभियन गर्ने कलाकार हुनुहुन्छ । नेपाली चलचित्र बन्धकी, बाटुली, गोर्खापल्टन, गलबन्दीमा रातो धागो, चरी लैजा समाचार, जस्ता हिट गीतमा उहाँका छुस्स दारी र खोप्रियको अनुहार देख्न पाईन्छ ।

आफू मात्र होइन आफूसँग सिक्न आउनेहरुलाई पनि आफुले जाने अनुसारको मादल बजाउन र अभिनय गर्न सिकाउने गर्नुहुन्छ । उहाँले मादल बजाउन थाल्नु भयो भने करिब १ घण्टासम्म नरोकिएर बजाउन सामथ्र्य राख्नुहुन्छ । उहाँ आज भोलि अलि फरक भेषमा देखिनु हुन्छ कहिले रुखमा चडेको त कहिले बाबा बनेको कहिले पोखरा कहिले जंगल त कहिले मन्दिरमा मादल बजाउदै चराचुरंगी र प्रकृतिसंग खेले रमाएको देख्न पाईन्छ ।

सुर्खेतका नौला कालाकारसंग केहि कुरा गरियो भने सबै भन्दा पहिले उहाँको नाम आउँछ । स्थानीय अधिकांश कलाकारहरु, रंगकर्मीहरु गिरीलाई सम्मान गरेर मात्र आफ्नो प्रस्तुती सुरु गर्ने गर्दछन् । जहा गुरु प्रेमदेव गिरि भनेर बधाई छ सम्मान छ आदरणीय गुरु प्रेमदेव गिरि लाई उहाको अभिनय र कला लाई कदर गर्देकोमा, उहालाई रास्ट्रीय लोकदोहोरी प्रतिष्ठान ले पनि धेरै पटक सम्मान पनि गरेकोछ । प्रायःजसो पैदल तथा साइकल यात्रामा रमाउने गिरी आजभोलि प्रकृति संग बडी रमाउने गरेको बताउनु हुन्छ ।