Loading... आजः २५ श्रावण २०८३, सोमबार । Monday 10th August 2026

बिरामी खत्रीलाई समाजसेवी जयन्ती थापाको आर्थिक सहयोग

सुर्खेत |

पश्चिम रुकुम आठबिसकोट नगरपालिका वडा नं १० घारिखोलाका १२ बर्षिय बालक टेकबहादुर खत्री लाई अमेरिकामा बस्दै आएकी समाजसेवी जयन्ती थापाले आर्थिक सहयोग गर्नुभएको छ।  भिरबाट लडेर गम्भीर घाइते भएकोले हाल काठमाडौंको अन्नपूर्ण न्युरो हस्पिटलमा उपचार भइरहेको छ । घाइते टेकबहादुरको १६ दिन सम्म होस आएको छैन ।

आर्थिक अभावका कारण उपचारमा समस्या भएको जानकारी पाएपछि उहाँले नगद रु १५,०८८ सहयोग गर्नुभएको हो । दीनदुःखी, असहाय र विपत्तिमा परेकाहरुलाई सहयोग गर्दै आउनु भएकी समाजसेवी जयन्तीले विरामी खत्रीको सिध्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ ।

भिरबाट लडेर गम्भीर घाइते भएकोले हाल काठमाडौंको अन्नपूर्ण न्युरो हस्पिटलमा उपचार भइरहेको छ । घाइते टेकबहादुरको १६ दिन सम्म होस आएको छैन  ।

बिरामिका दाइ कृष्ण बहादुर खत्रीले विरामीको उपचारको लागी आर्थिक सहयोगका लागि सबैसंग अपिल गरेका छन् । सहयोगी मन व्यापारी, संघसस्था र विभिन्न निकायहरुले तथा व्यक्तीगत रुपमा सहयोग गर्न सकिने जनाएको छ । उनको उपचारको लागि अहिले विभिन्न संघ÷संस्था तथा व्यक्तिबाट सहयोग जुट्न थालेको छ ।

सम्पर्क :

बिरामीको दाइ कृष्ण बहादुर खत्री

मोबाइल न : ९८४३४९०६९९