विनेसामको नेपाल शाखाले मनायो भानु जयन्ती
सुर्खेत ।
विश्व नेपाली साहित्य महासंघको नेपाल शाखाले अनलाइन मार्फत भानु जयन्ती मनाएको छ । नेपाल शाखाको आयोजनामा भएको भानु जयन्तीको औपचारिक कार्यक्रममा विश्व नेपाली साहित्य महासंघ विश्व केन्द्रिय समितिका अर्थसचिव खगेन्द्र अधिकारी ‘अमृत’ ले आदिकवि भानुभक्तको जीवनको चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाका अध्यक्ष कल्पना पौडेल ‘जिज्ञासु’ उपाध्यक्ष केसु पोख्रेल खनाल, कोषाध्यक्ष बसु श्रेष्ठ, सचिव सञ्जाल शर्मा, सदस्य ढुण्डीराज ढकाललगायतले कविता, गजल मुक्तक वाचन गर्नु भएको थियो । कार्यक्रम नेपाल शाखाका अध्यक्ष कल्पना पौडेल ‘जिज्ञासु’ को अध्यक्षतामा भएको थियो कोषाध्यक्ष बसु श्रेष्ठले संचालन गर्नुभएको थियो ।
कार्यक्रममा अम्बिका अनमोल, नविन अनुपम रावत, रमेश कंडेल, सहसचिव दिपा नेपाल पराजुलीलगायतको उपस्थिति रहेको थियो । आज साहित्य संग सम्बन्धित विभिन्न संघ संस्थाहरुले भानुभक्त आचार्यको २०७ औं जन्म जयन्ती मनाइरहेका छन् ।






