प्रदेशसभा सदस्यलाई कोरोना
सुर्खेत ।
कर्णाली प्रदेश सभाका एक जना सदस्यलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उहाँलाई कोरोना भएको पुष्टि भएपछि प्रदेश सभामा त्रासको वातावरण फैलिएको छ । कुनै पनि लक्षण नदेखिए पनि उहाँलाई कोरोना भाइरसको संक्रमण देखिएको हो । आइतवार ती प्रदेश सांसदसहित अन्य ३ जनाको स्वाव प्रदेश अस्पतालको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा जाँच गर्दा कोरोना पुष्टि भएको हो ।
सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य शाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले ती सांसदको सोमबार साँझ गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । कोरोना संक्रमित सांसद अहिले अहिले वीरेन्द्रनगरमा रहेको कोठामा सेल्फ आइसोलेसनमा बस्नुभएको छ । उहाँ स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा हुनुहुन्छ भने उहाँको स्वास्थ्य अवस्था सामान्य छ ।
कर्णाली प्रदेशसभा सभामुख राजबहादुर शाहीले एक जना सांसदमा कोरोना संक्रमण भएको बताउनु भयो । सभामुख शाहीका अनुसार प्रदेश सभामा नै ती सांसदको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरेर स्वाव संकलन गरि परिक्षण गरिने जनाइएको छ ।






