Loading... आजः १३ बैशाख २०८३, आईतवार । Sunday 26th April 2026
ताजा खबर
  

कर्णाली म्यूजिक अवार्ड २०७७ हुने

सुर्खेत ।
कर्णाली प्रदेशमा पहिलो पटक कर्णाली म्यूजिक अवार्ड २०७७ हुने भएको छ । कर्णाली प्रदेशका श्रष्ठाहरुबाट उत्कृष्ट प्रतिभालाई सम्मान गर्नेक योजनाका साथ कर्णाली म्यूजिक अवार्ड २०७७ को आयोजना गरिएको आयोजकले जनाएको छ ।

कर्णाली कै कला संस्कृतिको संरक्षण प्रर्वधन र विकासका लागि काम गरिरहेको कर्णाली कला प्रतिष्ठान नेपालले आयोजना गर्न लागेको यो अवार्ड साउनको पहिलो सातावाट सुरु भएर नेपालीहरुको महान पर्व दशै र तिहारको विचमा सम्पन्न हुने आयोजकको भनाई छ ।
कार्यक्रममा लोक संगित, आधुनिक संगित तथा लोक देउडा गरि तीन वटा विधा समावेश गरिएको छ । जसमा गायक, गायिका, संगितकार, रचनाकार, मोडलमा केटा र केटि तथा भिडियो निर्देशक आठ ओटा विधालाई समावेश गरिएको छ ।

भदौ महिनाको पहिलो सातासम्म आवेदन खुल्ला गरिएको र आवेदनका लागि कुनै शुल्क नलाग्ने छैन भने पहिलो चरणमा प्राप्त आवेदन अनुसार विधागत रुपमा विज्ञ टोलिले उत्कृष्ट पाँच प्रतिभालाई छनोट गर्ने कार्यक्रम रहेको छ । त्यसरी छनोट भएका पाँच प्रतिभालाई दर्शकहरुको भोटको आधारमा उत्कृष्ट प्रतिभा छनोट गरिने छ ।

पहिलो पटक म्यूजिक अवार्डको कार्यक्रम भएकाले अहिलेसम्मकै सृजनाहरुलाई समावेश गरिने छ । आवेदन दिनका लागि सुर्खेत स्थीत वुद्धपथमा रहेको संस्थाको कार्यालयमा वुझाउन सकिने  बताइएको छ ।