Loading... आजः २ जेष्ठ २०८१, बुधबार । Wednesday 15th May 2024

कर्णाली प्रदेश विपत व्यवस्थापन कोषमा सूर्य नेपाल प्रा.लि.को एक करोड सहयोग

काठमाडौं ।
नेपालको औद्योगिक क्षेत्रमा अग्रणी स्थान ओगट्दै आएको सूर्य नेपाल प्रा.लि.ले कोरोना विरुद्ध लडाईमा सहयोग पु¥याउन कर्णाली प्रदेशलाई रु. १ करोडको सहयोग गरेको छ । कम्पनीद्वारा जारी सूचना अनुसार, कम्पनीको क्षेत्रिय बिक्री प्रवन्धक दामोदर शर्माले आज प्रदेशका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई उक्त रकमको चेक हस्तान्न्तरण गरे ।


चेक हस्तान्तरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले कोरोनाले निजी क्षेत्र समेत प्रभावित भएको अवस्थामा पनि हातेमालो गर्दै सहयोग गर्ने सबैप्रति हार्दिक धन्यबाद दिए । सूर्य नेपाल प्रा.लि. जस्तो बहुराष्ट्रिय कम्पनीले नाफासंगै सामाजिक उत्तरदायित्व निर्वाह गरेकोमा खुसी व्यक्त गर्दै प्रशंसा गरेका थिए साथै कम्पनीको क्षेत्रिय बिक्री प्रवन्धक दामोदर शर्माले कोरोना कोषमा रकम जम्मा गरेर सूर्य नेपाल प्रा.लि. ले सामाजिक उत्तरदायित्व बहन गरेको बताए ।

यो पनि पढ्नुहोस् ।

कानून विपरित सूर्ति उद्योगीसंग ‘डोनेसन’ बुझ्दै प्रदेशका मुख्यमन्त्रीहरु

कोरोना भाईरसको रोकथाम, नियन्त्रण, उपचार र राहतका लागि सातवटै प्रदेशमा स्थापित कोषमा सूर्य नेपाल प्रा.लि.को तर्फबाट एक एक करोड रकम सहयोग गरिएको क्षेत्रीय विक्री प्रवन्धक शर्माले जानकारी दिए ।

कोरोनाको जोखिम हाल नेपालमा जनस्तरमा फैलिरहेको र यसले जनसमुदायमा त्रास फैलाइरहेको सर्वविदितै रहेको अवस्थामा यस आर्थिक सहयोगबाट कोरोनाभाइरस विरुद्ध लड्न हरेक प्रदेशलाई थप प्रेरणा र उर्जा मिल्ने विश्वास कम्पनीको रहेको छ ।

सूर्य नेपाल प्रा.लि.ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस अघिपनि देशमा दैवी तथा अन्य प्रकोपलाई प्राथमिकतामा राखी विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ भने आगामी दिनहरुमा समेत यस्ता सहयोगहरु निरन्तर गर्दै जाने योजना रहेको कम्पनीले जनाएको छ ।