कविता – तिम्रो र मेरो लकडाउन

चीनको उहान सहरबाट सुरु भएको
कोरोनाभाइरसको त्रासदीले
सारा संसार छोपिदिदा
संक्रमन अरु नफैलियोस् भनेर
आफ्नै घरमा केही समयको लागि
तिम्रो लकडाउन सुरु भयो
बच्चा र आमामध्ये
एउटालाईमात्रबचाउन सक्ने
चिकित्सकको कुरा सुनेर
आफू मरेर मलाईजन्मदिने
मेरी आमाको मृत्युपछि
अर्की बिहे गरेर बाबाअर्कै भइदिदा
सौतेनी आमाबाट जव म बेचिए
बम्बैको कालकोठीमा
मेरो लकडाउन सुरु भयो
तिम्रो लकडाउन
हरेक अखबारका पानामा छ
मेरो लकडाउन
फगतकविता र गानाहरुमा छ
तिमीलाई सम्भावित मृत्युबाट बचाउन
संसारले रक्षक बनेर हात फैलाएको छ
मलाईभने त्यही संसारले
भक्षक बनेर पलपल मेरो जवानी मैलाएको छ
तिम्रो लकडाउनमा झरेको आँसु
र मेरो लकडाउनमा झरेको आँसुको
रंगमा समानताभएपनि
रसमाआकाशपातालको भिन्नता छ
तिम्रो आसुमामृत्युको भय छ
मेरो आसुमाजीवनको भय छ
तिम्रो लकडाउनको अन्तनिस्चित छ
मेरो लकडाउनको अन्तअनिस्चित छ
तिम्रो लकडाउनको सिमा
भाईरसको अन्तसंग जोडिएको छ
मेरो लकडाउनको सिमा
मेरो जीवनको अन्तसंग जोडिएको छ
म चाहन्छु
तिमीलाईतिम्रो लकडाउनबाट
छिट्टै बाहिर निस्कनु परोस्
मलाईभने मेरो लकडाउनबाट
जीवितै बाहिर निस्कननपरोस्
किनकीतिम्रो लकडाउनको दुनियामामान छ
मेरो लकडाउनको दुनियामाअपमान छ
तिमीलेलकडाउनबाट मानकमाएका छौ
मैले लकडाउनबाट बदनामकमाएकि छु
तिम्रो लकडाउन
अन्तमात्रहोईन अन्तिमभईदियोस्
बिज्ञानले यस्तो चमत्कार गरिदियोस्
कि फेरि कहिल्यै मानिसले
घर भित्रै बन्धक बस्नुनपरोस्
तिम्रो जस्तै
मेरो लकडाउन पनिअन्तिमभईदियोस्
मानवमामानवतामौलाओस्
महिलाप्रतिको बिषालु नजरको अन्तहोस्
ता कि फेरि म जस्तै अरु कुनै चेलि
यसरि कालकोठि भित्र
लकडाउनमा बस्नु नपरोस् ।
दाङ हाल न्युजिल्याण्ड






