Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

विपीको सम्झनामा वृक्षारोपण

सुर्खेत ।
विपी कोइरालाको ३८ औं स्मृति दिवस सुर्खेतमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपाली काँग्रेस सुर्खेतले स्मृति दिवसको अवसर पारेर वीरेन्द्रनगर वडा नम्बर ११ को सुब्बाकुनामा वृक्षारोपण कार्यक्रम गरेको छ ।

वृक्षारोपण कार्यक्रममा नेपाली काँग्रेस सुर्खेतका जिल्ला सभापति कमलराज रेग्मीले अहिले देशमा विपीको विचार अत्यावश्यक भएको बताउनु भयो । अहिले देशमा जहाँतहाँ विवाद नै विवाद देखिएकाले ती विवादलाई समाधान गर्न विपिको मेलमिलाप नीति अंगिकार गर्नुपर्ने बेला आएको उहाँको भनाई थियो । उहाँले विपीको समाजवाद देशमा लागु गर्न आवश्यक रहेको बताउनु भयो । रेग्मीले भन्नुभयो, वीपीले देखाएको बाटोमा हिड्न सके नसकेको आत्म समिक्षा गर्नु आवश्यक छ ।

आँप, धुपी अनार लगायतका विरुवा लगाइएको छ । कार्यक्रममा जिल्ला कार्यसमितिका पदाधिकारीहरु, कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।