सुर्खेतका कोभिड प्रभावितलाई उद्यमी सिर्जना गरिने
सुर्खेत ।
सुर्खेतका कोभिड –१९ बाट प्रभावितलाई लक्षितगरि १ सय ५० उद्यमी सिर्जना गरिने भएको छ । वीरेन्द्रनगर नगरपालिकामा कोरानाबाट रोजगारी गुमाएका तथा कोराना संक्रमित परिवारलाई आय आर्जन वृद्धि गर्नका लागी कार्यक्रम सञ्चालन गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाका १ सय ५० जना छनौट गरि उनीहरुको आय आर्जन वृद्धि गर्नका लागी कार्यक्रम सञ्चालन गरिएको जिल्ला लघु उद्यमी समुह संघ सुर्खेतकी कार्यक्रम संयोजक अन्जु रानाले जानकारी दिइन् ।
युनएनडिपीको आर्थिक सहयोगमा कोरोनाबाट प्रभावित अतिकमजोर वर्गको आय आर्जन स्ुरक्षित गर्न कार्यक्रम सुरु गरिएको राष्ट्रिय लघु उद्यमी महासंघका कार्यवाहक अध्यक्ष कविराज खत्रीले वताए । कोरोनाबाट प्रभावित तथा विदेशबाट फर्किएका, सिमान्तकृत, अतिविपन्नवर्गलाई छनौट गरी लघु उद्यममार्फत स्वरोजगार बनाईने कार्यक्रमको लक्ष्य रहेको छ । उनीहरुको रुची वजार माग तथा आवश्यकताका अधारमा तालिम सञ्चालन गरिने खत्रीको भनाई छ । युवालाई व्यवसायिक सिपमुलक तालिम प्रदान गरि नयाँ उद्यमी वनाउने योजना छ । ति स्थानीयतहका कोरोनाबाट प्रभावित वेरोजगार युवालाई उनीहरुको माग र चाहनाको आधारमा सिपविकास तालिम प्रदान गरिने उनको भनाई छ ।
युवालाई उद्यमशिलता विकास तालिम सञ्चालन पश्चात उनीहरुले व्यवसाय गर्न इच्छा तथा वजार भएको विषयमा प्राविधिक सिपविकास तालिम प्रदान गरि उनीहरुलाई उद्यमी सिर्जना गरिने खत्रीले वताए ।
नयाँ उद्यमी सिर्जनाका लागी स्थानीय समुदायमा सहभागितात्मक ग्रामीण लेखाजोखा तथा स्रोत सर्वेक्षणवाट पहिचान भएका स्थानीय स्रोत साधन, वजार माग, समुदायको चाहना तथा आकर्षणका आधारमा समुदायले वनाएको योजना अनुसार लक्षितवर्गलाई उद्यमशिलता विकास तालिम प्रदान गरि उनीहरुलाई उद्यमी तयार गरिने उनको भनाई छ ।
सस्थाले व्यवसाय सञ्चालनका लागी व्यवसाय सुरु तथा सुधार गर्नुहोस् तालिम सञ्चालन गर्ने उनीहरुलाई सिपविकास तालिम प्रदान गर्ने , सिप अनुसारको व्यवसाय सञ्चालनका लागी उपयुक्त प्रविधि उपलब्ध गराउने, व्यावसाय सञ्चालनका लागी आवश्यक पर्ने आर्थिक रकमका लागी वित्तिय सस्था संग समन्वय गरिने पनि उनले जानकारी दिए । तालिम सञ्चालन पश्चात उनीहरुलाई व्यवसाय सञ्चालन देखी वजारीकरण सम्मका लागी आवश्यक सवै सहयोग गरिने खत्रीले जानकारी दिए । यसैविच कार्यक्रम सञ्चालन गर्नका लागी सरोकारवाला निकाय संग अभिमुखीकरण कार्यक्रम गरिएको छ । कार्यक्रममा वीरेन्द्रनरगर पालिकाका कार्यवाहक प्रमुख मोहनमाया ढकालले कोभिड १९ बाट प्रत्यक्ष रोजगारी गुमाएकालाई सहयोग गर्न अनुरोध गरिन् । कोभिडबाट प्रभावित युवालाई सहयोग गर्न उनले आग्रह गरिन् । समुदायमा रोजगारीको खोजी गर्न आवश्यक रहेकाले स्थानीयस्तरमा उद्यमसिलता मार्फत रोजगारी सिर्जना गरिने उनको भनाई थियो ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका विभिन्न वडाहरुका वडाअध्यक्षहरुको सहभागीता रहेको थियो ।






