Loading... आजः १२ भाद्र २०८३, शुक्रबार । Friday 28th August 2026

कविता – २१ औ शताब्दीका हामी सचेत युवा

थकाई, हार र
लक्ष्यहीन जीवन
हामीलाई किमार्थ स्वीकार छैन

एकै पाईलामा लक्ष्य भेटियोस
त्यो पनिहामी चाहादैनौ
लक्ष्यमा पुग्दा
खुट्टा दुखेको अनुभुति हुँदैन भने
त्यो प्राप्तिको के मजा

त्यसैले
हामी अप्ठेरोमै लक्ष्य चुन्छौ

त्यो प्राप्तिको यात्रामा
दिन रातनभनी
अनवरततल्लिन रहन्छौ

कठिनाई चिर्दै
लक्ष्यमा लम्किएका
हाम्रा पाईलाहरु
एक निमेष रोकिने छैनन्

आकांक्षा र महत्वाकांक्षा
स्वाभिमान र अभिमान
यि सवै घोलिएको रगत
हाम्रा धमनीहरुमा
हरपल उर्लिरहन्छ

हामी मनमा बुद्व
मुटुमा बल भद्र

मस्तिस्कमा सचेतना बोकेर उर्ली हिड्ने
२१ औ शताब्दीका सचेत युवा हौं

हाल न्युजिल्याण्ड