दुव्र्यवहारको आरोपमा जसपा नेता पक्राउ
जनकपुरधाम ।
महिलालाई दुव्र्यवहार गरेको आरोपमा जनता समाजवादी पार्टी (जसपा)का नेता नबिन यादव पक्राउ परेका छन् । जनकपुरस्थित जेएफसी क्याफेमा शनिबार राति महिलालाई दुव्र्यवहार गरेको भन्दै नेता यादवलाई प्रहरीले पक्राउ गरेको हो । नेता यादवले मदिरा सेवन गरी महिलालाई दुव्र्यवहार गरेपछि उनलाई पक्राउ गरिएको धनुषाका एसपी रमेश बस्नेतले जानकारी दिए ।
होटलमा रहेका एक युवकका अनुसार केहि युवा र दुई युवतीबीच विवाद भइरहेको थियो । केहीबेर पछि नेता यादव क्याफे आइपुगे । उनले विवाद सुल्झाउन खोजे । तर प्रहरी आएपछि ति युवतीले नेता यादवमाथि जिस्काएको आरोप लगाएपछि प्रहरीले युवतीसहित नेता यादवलाई नियन्त्रणमा लिएको हो । एसपी बस्नेतले नेता यादवले युवतीलाई दुव्र्यवहार गरेको हो भन्दै उनीमाथि दुव्र्यवहार सम्बन्धी मुद्दा चलाउने जानकारी दिए ।






