Loading... आजः ९ बैशाख २०८३, बुधबार । Wednesday 22nd April 2026
ताजा खबर
  

सेनिटरी प्याड खरिद प्रकरणमा शिक्षक संघको ध्यानाकर्षण पत्र

क्वीक खबर

दैलेख ।
सेनिटरी प्याड खरिद प्रकरणमा शिक्षक संघ दैलेखले ध्यानाकर्षण पत्र दायर गरेको छ ।
नारायण नगरपालिकास्थित १७ वटा विद्यालयहरूमा कक्षा ६ देखि १२ सम्म अध्यनरत छात्राहरूका लागि आवश्यक पर्ने सेनिटरी प्याड खरिद प्रकरण सतहमा आएका हो ।

नारायण नगरपालिकाको २१ लाख ६९ हजार रूपैयाँको आर्थिक सहयोगमा नगरभित्रका १७ वटा विद्यालयहरूमा विद्यार्थी संख्याका आधारमा विद्यालयहरूका खातामा रकम जम्मा गरेर सेनिटरी प्याड सम्बन्धित विद्यालयहरूले नै खरिद प्रकृया मिलाएर सामान खरिद गर्नु पर्नेमा नारायण नगरपालिका कार्यालय र नगर शिक्षा इकाईको मिलोमतोमा सुर्खेतस्थित रारा मेडिशिन सप्लायर्सबाट सेनिटरि प्याड खरिद गरि दैलेखको त्रिभुवन माध्यामिक विद्यालयको भवनमा भण्डारण गरेको राखेको भन्ने समाचार आएपछी नेपाल शिक्षक संघ नगर कार्य समिति दैलेखको अगुवाईमा जिल्ला प्रशाशन कार्यालय दैलेखमा विभिन्न ७ सुत्रिय माग राखी आवश्यक छानबिनको माग सहित ध्यानाकर्षण पत्र पेश गरेको नगर कार्य समितिका अध्यक्ष सुशील केसीले जानकारी दिए ।

छानविनको माग राख्दै निवेदन पेश गरेको नारायण नगरपालिका कार्यालय दैलेखमा सार्वजनिक खरिद ऐनलाई मिचेर नारायण नगरपालिका कार्यालय दैलेख र नगर शिक्षा इकाईका प्रमुख हिमालय जङ्ग शाहले अघोषित तरिकाले सेनिटरि प्याड खरिद गरि त्रिभुवन माध्यामिक विद्यालयका दूई वटा कोठामा करिव २१८ बोरामा सेनिटरि प्याड भण्डारण गरि राखेको र त्यसको निष्पक्ष छानबिन हुनु पर्ने नेपाल शिक्षक सघ दैलेखका अध्यक्ष कृष्ण बहादुर थापाले बताए ।

यता सोमबार मात्रै नारायण नगर प्रमुख रत्न बहादुर खड्काले पत्रकार सम्मेलन गरि नगरपालिकाले आफैले सामान खरिद नगरि नगरपालिकाले सहजिकरण गरेको जानकारी दिए सँगै सदरमुकाम स्थित त्रिभुवन माध्यामिक विद्यालय भवनका २१७ बोरामा सेनिटरि प्याडका सामान भण्डारण भएको देखिनुमा घटना थप रहस्यमय बन्दै गएको छ ।