रेडियो नेपालको कार्यकारी निर्देशकमा बुद्धि बहादुर केसी नियुक्त
काठमाडौं ।
रेडियो नेपालको कार्यकारी निर्देशकमा बुद्धि बहादुर केसी नियुक्त भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकरी दिए ।
यहि असार १३ गते गोरखापत्र दैनिकमा प्रकाशन गरिएको १५ दिने सूचनामा अहिले आधा दर्जनले दाबी गर्दै आवेदन गरेका थिए ।
आवदेन आएपछि केसीलाई मन्त्रिपरिषदले नियुक्ति दिएको हो । अन्तिम मिति (आइतबार)सम्म दिपक पाठक, सन्तोष पौडेल, लक्ष्मण हुमागाई, अशोक बास्कोटा, बुद्धि बहादुर केसी र अच्युतम पोखरेलले दरखास्त दिएका थिए ।






