Loading... आजः ६ भाद्र २०८३, शनिबार । Saturday 22nd August 2026

संक्रमणको जोखिम बढदै गएपछि बाँकेमा आइतबारदेखि निषेधाज्ञा

नेपालगञ्ज।

बाँकेमा कोरोना संक्रमणको जोखिम बढेसँगै निषेधाज्ञा जारी गर्न लागिएको छ ।साउन ७ मा लकडाउन खोलेपछि राजस्व कार्यालय, यातायात कार्यालय, मिठाई पसल सञ्चालक र उनको कन्ट्याक्टमा आएका १६ जना गरी एकै पटक आज २७ जनामा कोरोना देखिएको छ।संक्रमणको जोखिम बढेसँगै बाँकेमा आइतबारदेखि निषेधाज्ञा गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेमा आज बसेको कोरोना संकट व्यवस्थापन समितिको बैठकले आइतबारदेखि तीन दिनसम्म पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।