Loading... आजः ७ बैशाख २०८१, शुक्रबार । Friday 19th April 2024

खुसी हुनमा नेपाल भारत र चीनभन्दा अगाडि

नेपालकाे प्रगति खुसीमा

काठमाडौँ ।
कुनै पनि देशका नागरिक खुसी हुनका लागि के कुरामा निर्भर हुन्छ ? देशको ठूलो भूभाग, तीव्र विकासनिर्माण, ठूलो अर्थतन्त्र इत्यादि ।
तपाईँले यसै सोच्नुभएको हो भने गलत सावित भयो । भारत र चीनका नागरिकभन्दा नेपाली धेरै खुसी रहेको पाइएको छ । ‘वर्ल्ड ह्याप्पिनेस इन्डेक्स २०२०’ अनुसार विश्वका एक सय ५३ देशमध्ये नेपाल ९२ औँ स्थानमा परेको हो ।
गत वर्ष नेपाल सयौँ स्थानमा रहेकोमा यो वर्ष कुल १० नम्बरमा नेपालले ५ दशमलव १३ अङ्कसहित ९२औँ स्थान हासिल गरेको हो । संयुक्त राष्ट्र सङ्घको दिगो विकास समाधान नेटवर्कले हरेक वर्ष खुसी हुने मुलुकको बारेमा अध्ययन गरी रिपोर्ट सार्वजनिक गर्छ ।
रिपोर्टअनुसार दक्षिण एसियाली मुलुकमध्ये नेपालभन्दा अघि पाकिस्तान ६६औँ स्थानमा र माल्दिभ्स ८७औँ स्थानमा छन् । बंगलादेश १०७औँ, श्रीलंका १३०औँ, भारत १४४औँ, अफगानिस्तान अन्तिम अर्थात् १५३औँ स्थानमा छन् ।
छिमेकी चीन पनि नेपालभन्दा पछि ९४औँ स्थानमा छ । खुसीका सामाजिक, आर्थिक, वातावरणीय, भौगोलिकलगायत विविध उपसूचकका आधारमा विभिन्न मुलुकका जनताको खुसीको स्तर यो प्रतिवेदनले मूल्यांकन गर्दै आएको छ ।

खुसी सूचकको सबैभन्दा अगाडि फिनल्यान्ड, डेनमार्क, स्वीट्जरल्यान्ड, आइसल्यान्ड र नर्वे रहेका छन् । सीआईएन