Loading... आजः ७ बैशाख २०८१, शुक्रबार । Friday 19th April 2024

राहत सम्बन्धमा प्रदेश सरकारको निर्णय

सुर्खेत ।
विभिन्न विपदमा परेकाहरुलाई राहतका सम्बन्धमा कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषदले विभिन्न निर्णयहरु गरेको छ । प्रदेश सरकारको यही साउन १७ गते बसेको मन्त्री परिषदको बैठकले विभिन्न निर्णयहरु गरेको प्रदेश सरकारका प्रवक्ता एवम् कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिनुभयो ।


मन्त्री केसीका अनुुसार प्राकृतिक विपद्को घटनाबाट पुर्ण रुपमा घर क्षति भएको घरपरिवारलाई आवास निर्माणको लागि राहत स्वरुप प्रति परिवार रु. एक लाख रकम उपलब्ध गराउने, विपद्बाट क्षति भएको घरपरिवारका लागि ३ महिना पुग्ने गरि खाध्यान्न उपलब्ध गराउने र जिल्ला सरकारी वकिल कार्यालय जाजरकोटको भवन निर्माणका लागी साविक जिल्ला अस्पताल जाजरकोटको स्वामित्वमा रहेको जग्गा प्राप्ति सम्बन्धमा सहमति प्रदान गर्ने निर्णय मन्त्री परिषद बैठकले गरेको छ ।