Loading... आजः ११ असार २०८३, बिहीबार । Thursday 25th June 2026
ताजा खबर
  

कहाँ कति थपिए कोरोना संक्रमित ?

सुर्खेत |

काठमाडौं उपत्यकामा मात्र ६२ जना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौं जिल्लामा मात्र ५६ जना छन् । ललितपुर र भक्तपुरमा ३/३ जना थपिएका छन् ।

यस्तै पर्साका ५५, बाँकेका ४९, मोरङका ३७, सर्लाहीका ३६, धनुषाका २०, महोत्तरीका १७, बाग्लुङका १३, सुनसरीका १०, काभ्रे, स्याङ्जा र बाराका ७/७ जना तथा मकवानपुरका ६ जनमा संक्रमण पुष्टि भएको छ ।

रामेछापका ५, रौतहट, कञ्चनपुर र कैलालीका ४/४ जना, ललितपुर, भक्तपुर, कास्की, सुर्खेत, बझाङका ३/३ जना, चितवन, सिन्धुली, धादिङ र दोलखाका २/२ जना तथा नुवाकोट, म्याग्दी, रुकुम पश्चिम, बर्दिया र जाजरकोटका एक/एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।