देशभर एकै दिन कोरोना संक्रमणबाट १० जनाको मृत्यु
काठमाण्डौं ।
कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणका कारण किस्ट अस्पतालमा दुई जनाको मृत्यु भएको छ भने ह्याम्स, मेडिसिटी, पाटन, बीपी कोरोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बुटवल कोरोना विशेष अस्पतालमा एकरएक जनाको मृत्यु भएको छ । यस्तै सप्तरी संक्रमण पुष्टिपछि अस्पताल लैजाँदै गर्दा, महोत्तरी र बारामा मृत्युपछि संक्रमण पुष्टि भएको छ ।
काठमाडौंको टेकुकी ७८ वर्षीया महिलाको मंगलबार राति किस्ट अस्पतालमा मृत्यु भएको छ । उनलाई कोरोना संक्रमण भएको बुधबार विहान पुष्टि भयो । ज्वरो र झाडावान्ता भएपछि पाटन अस्पताल पुगेकी उनलाई २६ गते किस्ट लगिएको थियो ।
बारा, कलैयाका ७७ वर्षीय पुरुषको बुधबार विहान मृत्यु भयो । २६ गते त्रिवि शिक्षण अस्पतालबाट रिफर भएर किष्ट पुगेका उनको पनि मृत्युपछि संक्रमण पुष्टि भयो ।
जनकपुरकी ३८ वर्षीय महिलाको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । उनी १८ गते अस्पताल भर्ना भएकी थिइन् ।
जनकपुरका ७२ वर्षीय पुरुषको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या आएपछि हेलिकप्टर चार्टर गरेर अस्पताल ल्याइएका उनको एक सातादेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
ह्याम्स अस्पतालमा मंगलबार मृत्यु भएका धादिङको नीलकण्ठ नगरपालिका-१४ धुँवाकोटका ३२ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । रुघाखोकी र ज्वरो आएपछि २४ गतेनजिकै रहेको गनेडाँडा स्वास्थ्य चौकी पुगेका उनी भोलिपल्ट जिल्ला अस्पताल गएका थिए । स्वास्थ्यमा अवस्था थप गम्भीर भएपछि उनलाई २७ गते ह्याम्स अस्पताल भर्ना गरिएको थियो ।
कपिलवस्तु नगरपालिका-२ तौलिहवाका ४२ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल, बुटवलमा मंगलबार राति मृत्यु भएको छ । उनी २५ गते भर्ना भएका थिए ।
सप्तरीको डाक्नेश्वरी-८ घर भई राजविराज ६ मा बस्ने ७२ वर्षका संक्रमितको मंगलबार राति मृत्यु भएको छ । चार दिनदेखि ज्वरो आएका उनलाई कोरोना संक्रमण भएको मंगलबार पुष्टि भएको थियो । त्यही दिन साँझ उनको आइसोलेसन सेन्टर लैजाने क्रममा को एम्बुलेन्समै मृत्यु भएको छ ।
मोरङ, बुढीगंगा गाउँपालिका २ का ५५ वर्षका पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा बुधबार विहान मृत्यु भएको छ ।
सोमबार राम जानकरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका महोत्तरीको मटिहानी नगरपालिका-६ का ५२ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
मंगलबार दिउँसो वीरगञ्ज-१६ नगवास्थित सडकमा मृत भेटिएका बाराको बिश्रामपुर(५ का ३८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
कहाँ कहाँ थपिए संक्रमित ?
पछिल्लो २४ घण्टामा देशभर ४८४ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ । उनीहरु मध्ये ९२ जनाको मृत्यु भएको छ भने १६ हजार ७२८ जना निको भएका छन् ।
बुधबार मोरङका ४८, महोत्तरीका ४४, धनुषाका ३९, रौतहटका २४, ललितपुरका २१, सुर्खेतका १८, मकवानपुरका १६, सुनसरी, चितवन र, बाराका १५र१५ जना, कास्कीका १३, झापा र सिराहाका १०र१० जना, भक्तपुरका ९, रुपन्देहीका ८ सर्लाही र स्यााङ्जाका ६र६ तथा सप्तरी, काभ्रे र दार्चुलाका ५र५ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै दैलेखका ४, कञ्चनपुर, पर्सा, अर्घाखाँची र रुकुम पश्चिमका ३र३ जना, गोरखा, नुवाकोट, तनहुँ, दोलखा, धादिङ र डोटीका २र२ तथा इलाम, ताप्लेजुङ, वैतडी, दाङ, बाँके, ओखलढुंगा, रामेछाप, जाजरकोट, कपिलवस्तु, खोटाङ, पाल्पा, सल्यान र बैतडीका एकएक जनामा संक्रमण देखिएको छ । अनलाईनखबरबाट






