भदौ १ गते बाट सुर्खेतमा निषेधाज्ञा हुने
सुर्खेत ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले आउँदो भदौ १ गते बिहान ६ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्मकालागि लागु हुनेगरि निषेधाज्ञा जारि गर्ने निर्णय गरेको छ ।
जिल्ला कोरोना संकट व्यवस्थापन समितिको आज बसेको बैठकको सिफारिस र आजै बसेको जिल्ला सुरक्षा समिति को बैठक को निर्णय अनुसार स्थानिय प्रशासन ऐन २०२८ को दफा ६(३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम निषेधाज्ञा लगाउने निर्णय गरिएको हो ।
वीररेन्द्रनगर नगरपालिका का क्षेत्रमा कोरोना भाइरस का संक्रमित संख्या बढ्दै गयपछि यस बाट हुन सक्ने जोखिम लाइ कम गर्न निषेधाज्ञा जारि गर्न लागिएको हो । स्वास्थ,सुरक्षा,बिधुत,दुरसञ्चार, दुध, खानेपानी, फोहोरमैला ब्यबस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि पसल, तरकारि पसल भने सञ्चालन गर्न पाइने छ त्यस्तै स्वास्थ संस्था तथा अत्यावश्यक सेवाका कार्यालयहरु बाहेक बैंक तथा बित्तिय संस्था सहकारी सहित सबै सरकारी निजि तथा गैरसरकारी क्षेत्रका कार्यालयबाट प्रबाह हुने सेवा बन्द रहनेछन ।
साथै मृत्यु र दाह संस्कारमा १५ जना सहभागी हुन पाइनेछ भने अन्य बिबाह ब्रतबन्ध लगायत का भिड हुने कुनै किसिमका जमघट लगायत का क्रियाकलाप बन्द गर्ने निर्णय पनि भएको छ ।
एम्बुलेन्स, शव वाहन, दमकल, झण्डावाल सवारी, स्वास्थ र कुटनैतिक नियोग का सवारि साधन एवम् सञ्चारकर्मी का सवारि साधन र अत्यावश्यक सेवा सञ्चालनमा प्रयोग भएका सवारि साधन भने सञ्चालन हुन पाउनेछन ।
जिल्ला प्रवेश गर्नेको पिसिआर रिपोर्ट अनिवार्य
जिल्ला भित्र प्रवेश गर्ने नाकाहरु बबई, कालिमाटी काल्चे र कुइनेबाट भित्रिने व्यक्तिहरुको ३ दिन भित्रको पिसिआर रिपार्ट नेगे आएको रिपोर्ट देखाएर मात्र प्रवेश गर्न दिने साथै सो को चेकजाँचको सहजीकरणको लागि जिल्ला जनस्वास्थ्य सेवा कार्यालयले स्वास्थ्यकर्मीको व्यवस्थापन गर्ने जस्ता निर्णयहरु बिहिबार बसेको बैठकले निर्णय गरेको हो ।






