Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

झण्डै १५ करोड बिगो दाबी, पुग नपुग ६० लाख असुल

७ अपराधमा १४ जना रंगेहात

सुर्खेत ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले आर्थिक वर्ष २०६७÷०७७ मा झण्डै १५ करोड बिगो दाबी गरेर आरोप पत्र दायर गरेको जनाएको छ । अख्तियारले उक्त आर्थिक वर्षमा अख्तियार सुर्खेतले १४ करोड ९३ लाख ३५ हजार ६४ बराबरको विगो दावी गरेर आरोप पत्र दायर गरेको छ । यति ठूलो रकम बिगो दावी गरिएको छ भने उक्त आर्थिक वर्षमा पुग नपुग ६० लाख असुल उपर गरेको छ ।

अख्तियार सुर्खेतका कार्यालय प्रमुख नारायण प्रसाद रिसालका अनुसार ५९ लाख ५८ हजार ६५५ रुपैयाँ असुल गरिएको छ । यसैगरि अख्तियार सुर्खेतले ७ वटा अपराधमा १४ जनालाई रंगेहात पक्राउ गरेको छ । १० लाख ७५ हजार घुस रकमसहित उनीहरुलाई पक्राउ गरेको अख्तियारले जनाएको छ । रंगेहात पक्राउ पर्नेमा नायब सुब्बादेखि इन्जिनियरसम्म रहेका छन् ।

यसैगरि अख्तियार कार्यालयले मालपोत कार्यालय सुर्खेत, नेपाल विद्युत प्राधिकरण, सुर्खेत वितरण शाखा र नेपाल खाद्य संस्थान शाखा सुर्खेतलाई कार्यशैली सुधारका लागि निर्देशन दिएको जनाएको छ । विशेष गरि आर्थिक अनियमितता हुने कार्यालय मध्य सबै भन्दा अगाडि मालपोत कार्यालय रहने गरेकोले र मालपोत कार्यालयका विरुद्धमा धेरै गुनासाहरु हुने गर्दछन् । आर्थिक रुपमा अनियमित हुने कार्यालयहरुलाई अख्तियारले निर्देशन दिएको हो ।

यसैगरि अख्तियार सुर्खेतले जनचेतनाका लागि अन्तरक्रिया समेत संचालन गरेको छ । आर्थिक वर्ष २०७६÷०७७ मा १ हजार ५२७ जनालाई जनचेतना मुलक अन्तरक्रिया संचालन गरेको जनाइएको छ । जस अन्तर्गत सुर्खेत, दैलेख, डोल्पा, रुकुम (पश्चिम) र सल्यानमा विभिन्न १६ स्थानमा विभिन्न क्षेत्रमा काम गर्नेहरुसँग अन्तरक्रिया गरेको अख्तियार प्रमुख रिसालको भनाई छ ।