Loading... आजः ८ बैशाख २०८३, मंगलवार । Tuesday 21st April 2026
ताजा खबर
  

कर्णाली प्रदेशमा भारी वर्षा मापन

सतर्क रहन अनुरोध

सुर्खेत |

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा भारी वर्षा मापन भएको छ । २४ घण्टामा ५० मिलिमिटरभन्दा धेरै पानी परेमा भारी वर्षा मानिन्छ । पश्चिम भूभागमा केही स्थानमा तीन दिनसम्म भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।


शनिबार दिउँसो र राति पनि बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसमविद समिर श्रेष्ठले जानकारी दिए । कर्णाली प्रदेशमा भने आज भारी वर्षाको सम्भावना नरहेको उनले बताए ।

मनसुनी न्युन चापीय रेखा पश्चिम भूभाग नजिक रहेकाले पश्चिम क्षेत्रमा बढी वर्षाको सम्भावना देखिएको हो । पश्चिम क्षेत्रमा एकैछिन आकास खुले पनि एकैछिनमा बादल लाग्ने र वर्षा हुने छ ।

गएराति बर्दियाका गुलरिया, रानीजरूवा, रम्बापुर लगायतका धेरैजसो स्थानमा भारी वर्षा भएको छ र थप वर्षा हुने सम्भावना छ । त्यसैले बाढी पूर्वानुमान महाशाखाले बबई जलाधार क्षेत्र आसपासका डुबान भइरहने होचा स्थानमा सतर्कता अपनाउन भनेको छ ।

यस्तै गोरखाको बारपाक, आरूघाट, विरेनचोक लगायत धेरै स्थानमा पनि भारी वर्षा मापन गरिएको छ । दरौदी र बुढीगण्डकी नदीहरुमा जलसतह बढ्ने र कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भन्दै सतर्क रहन भनिएको छ ।